0Shares

पोखरा ।  पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक अधिवेशन आगामी भदौ २० र २१ गते आयोजना हुने भएको छ।

संघको बिहीबार बसेको ३०औँ कार्यसमिति बैठकले महाधिवेशनको मिति सर्वसम्मत रूपमा तय गरेको हो। बैठकमा संघका अध्यक्ष तथा हाल नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकर्ण कार्कीले भदौको तेस्रो सातामा महाधिवेशन आयोजना गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई कार्यसमितिले सर्वसम्मत रूपमा अनुमोदन गरेको महासचिव शोभा गौतमले जानकारी दिइन्।

पोखराको निजी क्षेत्रको छाता संस्था तथा जेठो सामाजिक संस्थाका रूपमा रहेको पोखरा उद्योग वाणिज्य संघको यस महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिनेछ।

संघको विधानअनुसार महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फ एक–एक उपाध्यक्ष, कोषाध्यक्ष, उपमहासचिव तथा १५ जना सदस्य निर्वाचित गर्नेछ। सदस्यमध्ये एक जना औद्योगिकतर्फ, चार जना वस्तुगततर्फ र १० जना खुला सदस्यका रूपमा निर्वाचित हुने व्यवस्था रहेको छ। साथै, कार्यसमितिमा निवर्तमान अध्यक्ष अध्यक्षपछिको वरीयतामा रहने प्रावधान पनि विधानमा रहेको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected