0Shares

पोखरा । पोखरा महानगरपालिका–१३ का वडाध्यक्ष किरण बरालले काठमाडौंसहित देशका विभिन्न स्थानमा भएका आत्मदाह घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नगर प्रहरीलाई संयमित र जिम्मेवार ढंगले परिचालन गर्नुपर्ने माग गरेका छन्।

कार्यपालिका बैठकमा बोल्दै उनले नागरिकको जीवन र सुरक्षासँग जोडिएका विषयमा संवेदनशील हुन आग्रह गरे। साथै नेपाली कांग्रेसका सभापति गगन थापाको घर अगाडि तथा विभिन्न सञ्चारमाध्यमका कार्यालय (मिडिया हाउस) अगाडि राखिएका गाडीहरूको विषय उठाउँदै उनले उक्त घटनाको घोर भर्त्सना गरेका छन्।

उनले नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सुरक्षा र कानुनी शासनको सम्मान गर्दै सम्बन्धित निकायले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected