0Shares

पोखरा। अन्नपूर्ण केबलकारले श्रावण महिनाभर आन्तरिक पर्यटकलाई लक्षित गर्दै विशेष छुट योजना सार्वजनिक गरेको छ। कम्पनीका निर्देशक दिनेश पौडेलका अनुसार श्रावण महिनाको प्रत्येक सोमबार बेलुका ४ बजेपछि केबलकारमा यात्रा गर्ने यात्रुले प्रति व्यक्ति मात्र रु. २५० मा सेवा लिन सक्नेछन्।

यस विशेष अफरले धार्मिक तथा मनोरञ्जनात्मक यात्रालाई थप सहज र किफायती बनाउने विश्वास कम्पनीले जनाएको छ। श्रावण सोमबार भगवान् शिवको दर्शन तथा पोखराको प्राकृतिक सौन्दर्य अवलोकन गर्न जाने भक्तजन र पर्यटकलाई लक्षित गर्दै यो योजना ल्याइएको निर्देशक पौडेलले बताए।

यसैबीच, कम्पनीले वर्षायामका कारण श्रावण १ गतेदेखि भदौ मसान्तसम्म बिहानको सेवा अस्थायी रूपमा बन्द रहने जानकारी पनि दिएको छ। उक्त अवधिमा केबलकार दैनिक बिहान ५:०० बजेदेखि बेलुका ७:०० बजेसम्म सञ्चालन हुनेछ। अन्नपूर्ण केबलकारले यात्रुहरूलाई सेवा लिनुअघि सञ्चालन समयको जानकारी लिएर यात्रा गर्न अनुरोध गरेको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected