0Shares

१० गतेदेखि फिल्डमा खटिएका सामाजिक अभियन्ता अनुजकुमार श्रेष्ठ भन्छन्– अब राहत थुपार्ने होइन, सुरक्षित बासको व्यवस्था गर्नुपर्छ

नुवाकोट । विपद् प्रभावित क्षेत्रमा राहत वितरणमा समन्वय, तथ्यांक र पारदर्शिताको अभावदेखिएको सामाजिक अभियन्ता अनुजकुमार श्रेष्ठले बताएका छन्।

विपद्को सुरुवातदेखि नै फिल्डमा खटिएका श्रेष्ठका अनुसार कतिपय ठाउँमा पहुँच र प्रभावका आधारमा एउटै व्यक्ति वा परिवारले पटक–पटक राहत पाउने अवस्था छ भने वास्तविक पीडित अझै आधारभूत आवश्यकताबाट वञ्चित छन्।

उनले कति परिवार प्रभावित छन्, कसले कति राहत पाए र कसलाई अझै के आवश्यक छ भन्ने यकिन विवरण सार्वजनिक हुनुपर्ने बताएका छन्।

श्रेष्ठका अनुसार अहिले खाद्यान्नभन्दा बढी प्राथमिकता सुरक्षित अस्थायी बासलाई दिनुपर्ने बेला आएको छ। खुला आकाशमुनि वा असुरक्षित टहरामा बसिरहेका परिवारका लागि तत्काल टेन्ट, पाल र अस्थायी टहराको व्यवस्था गर्नुपर्ने उनको माग छ।

राहत वितरणमा स्थानीय सरकारको नेतृत्वमा एकीकृत समन्वय र प्रभावकारी अनुगमन आवश्यक रहेको बताउँदै श्रेष्ठले भनेका छन्, “राहत कसले कति बाँड्यो भन्ने होइन, वास्तविक पीडितसम्म कति पुग्यो भन्ने महत्वपूर्ण हो।”

उनले राहतमा हुने दोहोरोपन रोक्दै प्रभावित परिवारको तथ्यांक तयार गरी आवश्यकताका आधारमा राहत र सुरक्षित आवासको व्यवस्था गर्न सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected