0Shares

पोखरा । पोखरा–५, प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ भव्य रूपमा सम्पन्न भएको छ।

महायज्ञबाट २ करोड ८१ लाख रुपैयाँ संकलन भएको छ भने सहयोग आउने क्रम जारी रहेकाले रकम ३ करोड पुग्ने अपेक्षा गरिएको छ।

स्थानीयवासी, भक्तजन, टोल विकास संस्था, आमा समूह तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिताले महायज्ञलाई धार्मिक अनुष्ठानसँगै एकता, सहकार्य र सामाजिक सद्भावको अभियानका रूपमा स्थापित गरेको छ।

संकलित रकम मुख्यतः मन्दिर पुनर्निर्माणमा खर्च गरिनेछ भने केही रकम प्राकृतिक विपत्तिबाट प्रभावितलाई सहयोग गरिनेछ। पुनर्निर्माणपछि महाशिवरात्रिका दिन नयाँ मन्दिर उद्घाटन गर्ने तयारी छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected