0Shares

नेपाल प्रहरीकाद्वय स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठ दोश्रो सम्झना कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा मंगलबार च्याम्पियन बनेको छन् ।

सिंगल्सको पुरुषमा स्यान्टु र महिलामा नविता उपाधि हात पार्न सफल भए । राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा भएको पुरुष फाइनलमा स्यान्टुले आफ्नै क्लबका विनेश खनियाँलाई ११–६, १३–११, ११–५ र ११–६ को सोझो सेटमा पराजित गरे । नेपाल आर्मीका कृष्ण थापा मगरले एपीएमका सुनील महर्जनलाई ४–१ ले हराउदै तेश्रो बने ।

ललितपुर जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला उपाधि भिडन्तमा नविताले आर्मीकी दीक्षा तामाङको चुनौती ११–३, ११–७, ११–८ र ११–६ को सीधा सेटमा समाप्त पारिन् । आर्मीकी स्वेच्छा नेम्वाङले आर्मीकै रविना महर्जनलाई ४–२ ले निराश पार्दै तेश्रो भइन् ।

दुवै सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १२ हजार ५ सयका दर नगद पुरस्कार पाए । विजेतालाई प्रतिनिधि सभाका सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, कलाकार मदनकृष्ण श्रेष्ठ, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य, टेबलटेनिसका मुख्य प्रशिक्षक विनोद शाक्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा विभिन्न १० स्पर्धामा ३ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected