0Shares

यसै साता सुरु हुने तेस्रो सस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) को फे्रन्चाइज टोली विराटनगर किंग्सको कप्तानी करण केसीले गर्ने भएका छन् ।

काठमाडौंमा आज एक कार्यक्रम गर्दै विराटनगरले कप्तानी करणले गर्ने जनाएको छ । दोस्रो संकरणमा विराटनगरको कप्तान पारस खड्का थिए । यस सस्करणमा भने पारस ब्यक्तिगत कारण देखाउदै अक्सन अघिनै डिपिएल नखेल्ने जनाएका थिए ।

कारणले कप्तानी गर्न पाउँदा खुसि लागि रहेको बताए । पछिल्लो समय राष्ट्रिय टिमबाट राम्रो गरि रहेको छु,टिममा ठूला नाम नभएपनि खेलाडी राम्रो भएकोले विराटनगरलाई च्याम्पिएन बनाउन धेरै भन्दा धेरै मेहिनेत गर्ने छौं – करणले भने । करणले फेन्चाइज घरेलु लिगमा पहिलो पटक कप्तानी गर्दै छन् ।

विराटनगरका मालिक प्रफुल्ल बैद्य आफुहरुको उदेश्य पैसा कमाउने नरहेको र सधैं क्रिकेट विकासमा लाग्ने बताए । विराटनगरका प्रशिक्षक सुनिल लामा रहेका छन् । लामा हङकङको राष्ट्रिय टिमबाट खेली सकेका खेलाडी हुन् । प्रशिक्षक लामाले टिम सन्तुलन हुनुका साथै ओपनर सहित स्पिनर बलर राम्रो रहेको बताए ।

विराटनगरमा हरि शंकर शाह, पृथु वास्कोटा, आशिफ शेख, कुशल भुर्तेल, किशोर महतो, सुशन भारी, सम्साद शेख, राजेश पुलामी, अमृत गुरुङ, तिर्थराज दास, र सुवास ऐर रहेका छन् । विदेशी खेलाडीको रुपमा रणजि ट्रफि खेली सकेका भारतीय अभिनाश यादव र शिभकान्त शुक्ला रहेका छन् ।

विराटनगरको मुख्य प्रयायोजक श्री एयरलायन्स,सहप्रायोजक नेपाल वेलहोप ,पावर वाई एनआईसी एसिया बैंक र सपोर्टरमा महालक्ष्मी केवल र सुवारु रहेका छन् । विराटनगरले पहिलो खेल माघ २६ मा धनगढी स्टार्ससँग खेल्दै प्रतियोगितामा सुरुवात गर्नेछ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected