0Shares

 

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमणमा जानु हुने भएको छ । राष्ट्रपति भण्डारी कमिशन अन द स्टाटस अफ वमेनको ६३औं सेसनमा भाग लिन आगामी फागुन २६ गते आईतबार अमेरिकाको न्यूर्योक जानु हुने भएको हो ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले राष्ट्रपति भण्डारीको सो भ्रमण दलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मी कार्कीलगायत सहभागी रहने बताउनु भएको छ ।

सेसनलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मार्च ११ देखि २२ गतेसम्म न्यूयोर्कमा सो कार्यक्रम आयोजना हुनेछ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected