२०८३ कार्तिक १८, बुधबार Wednesday, November 4, 2026
मुख्य खबर

सरकार-सीके सहमति, ओलीले गरे सीकेको प्रशंसा

k|d cf]nL / u7aGwgsf ;+of]hs /fpt g]kfn ;/sf/ / :jtGq dw]z u7aGwgaLr z’qmaf/ sf7df8f}Fdf ePsf] /fhgLlts ;xdlt 3f]if0ff sfo{qmddf !! a’Fb] ;xdltkl5 k|wfgdGqL s]kL zdf{ cf]nL / u7aGwgsf ;+of]hs l;s] /fpt . t:jL/ M rGb|snf If]qL,sf7df8f}F,/f;;

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन र समृद्धिको यात्रा शुरु गरेका बेला ‘स्वतन्त्र मधेस गठबन्धन’सँगको राजनीतिक सहमतिसँगै अब मुलुकमा हिंसाको बाटो अन्त्य भएको बताउनुभएको छ ।

नेपाल सरकार र सो गठबन्धनबीचको राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुशासन र विकास लहर चलिरहेका बेला उक्त सहमतिले देश टुक्र्याउने नाममा स्वार्थको रोटी सेक्नेहरुको रोटी काँचो पल्टिएर जाने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल एउटा सार्वभौम राष्ट्र हो । यसको जमीन एक इञ्च पनि कसैलाई छुट्याउन, टुक्र्याउन वा दिन मिल्दैन । त्यसका नाममा कुनै सहमति हुन सक्दैन ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले संविधानले सार्वभौमसत्ता सुनिश्चित गरेकाले जनताका सबै समस्याको समाधान शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट जनताको अभिमत लिएर संसद् बनाउन, सरकार गठन गर्न र संविधान संशोधन गर्न सकिने पनि स्पष्ट पार्नुभयो ।

सरकारले सबै पक्ष र देशवासीका समस्यालाई आफ्नो समस्या ठानेर फराकिलो दायराका साथ राष्ट्र निर्माण गर्न चाहेकाले यसमा सहयोग पु¥याउनसमेत उहाँले सबैमा आह्वान गर्नुभयो ।

गठबन्धनका संयोजक डा चन्द्रकान्त (सिके) राउतलाई असाधारण निर्णय गर्न सक्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग तुलना गर्दै प्रधानमन्त्री ओलीले ‘शान्तिको पक्षपोषण गर्ने’ राउतमा पनि त्यस्तै छाँटकाँट देखिएको भनी प्रशंसा गर्नुभयो । इञ्जिनीयर र वैज्ञानिक ९टेक्नोक्र्याट० राउत गलत बाटामा गएर बिग्रने हो कि भन्ने चिन्ता आफूमा पनि रहेको उल्लेख गर्दै प्रधामन्त्री ओलीले राउत प्राविधिक मात्र नभएर विचारक थिङ्करसमेत भएको पाइएको बताउनुभयो । सरकार र गठबन्धनबीच आज ११ बुँदे सहमति भएको थियो ।

प्रधानमन्त्री ओलीले सरकारले पानीजहाज र रेलका कार्यक्रम ल्याउँदा गलत भयो भनेर भ्रम फिँजाइएको जिकिर गर्दै सबै बजेट र जनशक्ति पानीजहाजका लागि नभई जम्मा १६ कर्मचारी मात्र खटाइएको उल्लेख गर्नुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो, “हो मानिसलाई पनि खाना चाहिन्छ तर यसो भन्दैमा शिक्षा, सडक, पूर्वाधार विकास चाहिँदैन ? त्यसो हो भने हामीले कहिले समृद्धि हासिल गर्ने ?”

मुलुकमा सुशासन कायम गर्नका लागि भ्रष्टाचारका घटनामा कारवाही हुन थालेको उल्लेख गर्दै उहाँले विगतमा भ्रष्टाचार हुने गरेको र वर्तमान सरकारले कारवाही थालेको जिकिर गर्नुभयो ।

सरकार र अदालतलाई एकै रुपमा नहेर्न आग्रह

सांसद रेशम चौधरीका सम्बन्धमा अदालतले गरेको फैसलाका सम्बन्धमा राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थनसँग जोडेर आएको प्रतिक्रियाबारे प्रधानमन्त्री ओलीले भन्नुभयो, “अदालत राज्यको अङ्ग भए पनि सरकारको अङ्ग होइन । अदालत र सरकारको काम अलग अलग हो ।” उहाँले आवेश र उत्तेजनामा आएर राष्ट्रको एकतामा फाटो ल्याउने राजनीति नगर्न आग्रह गर्दै विगतमा फरक ढङ्गले राजनीतिमा लागेका कार्यकर्ताले अब कुनै अलमलमा पर्न नपर्ने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “अनेकतामा एकता नेपालीको विशेषता हो । ”

‘कम्युनिष्टका नाममा लुट सहन्न’

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले कम्युनिष्टको बर्को ओढेर जनतामा लुट नगर्न चेतावनी दिँदै त्यस्ता कामले कम्युनिष्ट पार्टीको बदनाम हुने भएकाले सो पार्टीलाई नाम परिवर्तन गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारी पूरा गर्न बम पड्काउने, टुट्ने र घरमा बन्दुक राख्नेहरुलाई सरकारले खानतलासी गरी कारवाही गर्छ ।”

अब मैले स्पेश पाएँ : राउत

नेपालको राजनीतिक इतिहासमा यस सहमतिको ऐतिहासिक स्थान रहेको डा राउतले बताउनुभयो ।

उहाँले केही वर्षदेखि देशमा विकराल समस्याका रुपमा उठेको मुद्दाप्रति राज्य र आफूहरु कसरी समाधान गर्ने भन्नेमा निकै चिन्तित रहेको बताउँदै आज सहज, शान्तिपूर्ण र सुरक्षित रुपमा अवतरण भएको दिन साँच्चिकै ऐतिहासिक दिन हो भन्नुभयो । राउतले भन्नुभयो, “हामी बुद्धका सन्तान हौँ, अहिंसा हाम्रो भाव हो, गान्धी र बुद्धको आदर्श मान्दै आएका थियौं, राज्यद्वारा दमन हुँदा पनि हामीले कहिल्यै प्रतिशोध लिएनौँ, बरु प्रहरीेलाई गुलाबको फूल दिएका थियौँ, परिस्थितिको संवेदनशीलतालाई बुझी वर्तमान सरकारले आज सहमति गराएको छ । हामीले पनि स्पेश पाएका छौँ ।”

आफ्नो स्तरबाट राजनीतिक रुपमा प्रयत्न र सन्देश प्रदान गर्नुभएकामा उहाँले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिनुभयो । उहाँले आफूहरु आफ्नो अधिकारका लागि लडेको उल्लेख गर्दै समुदाय समुदायबीच फाटो ल्याउने पक्षलाई स्थान नदिई विकास, समृद्धि र सुख प्राप्तिको कामका लागि लाग्न सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष दाहाल पनि सहभागी हुनुहुन्थ्यो ।

Read more

मुलुकी देवानी संहिता २०७४ को दफा २१४(२) खारेज: अर्को विवाह गर्ने विधवा महिलाले पूर्वपतिबाट प्राप्त सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं । मुलुकी देवानी संहिता २०७४ को दफा २१४)२) खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार उक्त दफा खारेज गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट…

निजामती कर्मचारीको ट्रेड युनियन खारेज

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै निजामती कर्मचारीहरूको ट्रेड युनियन औपचारिक रूपमा खारेज गरिएको छ। संघीय मामिला तथा…

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौँ। राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशमा पुनर्विचार आवश्यक देखिएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको…

राष्ट्रपतिले जारी गरे सहकारी अध्यादेश

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले  एउटा अध्यादेश जारी गरेका छन्। सरकारले ६ वटा अध्यादेश स्वीकृति गर्न सिफारिस गरे पनि एउटा अध्यादेश जारी भएको हो। जसमध्ये सहकारी पहिलो संशोधन अध्यादेश…

विवाद चर्किएपछि गृहमन्त्री सुधन गुरुङको राजीनामा, मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा

काठमाडौं — पछिल्लो समय गम्भीर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन्। विभिन्न आर्थिक अनियमितता र विवादित साझेदारीका आरोपबीच उनले बुधबार प्रधानमन्त्री बालेन शाह…

ओली–लेखक प्रकरणमा सर्वोच्चको मिश्रित फैसला:म्याद नबढाउन सरकारका नाममा परमादेश जारी

काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक ले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालत ले खारेज गरेको छ। तर अदालतले उनीहरूलाई थप हिरासतमा राख्ने म्याद…