0Shares

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनमा मधेशबाट ८० प्रतिशत भोट ल्याएर नेकपा विजयी हुने दाबी गर्नुभयो । रौतहटको गरुडामा आयोजित आमआमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रदेश २ मा अहिले नै सरकार बनाउन सक्ने भएपनि अस्तिरता ल्याउन नचाहेको बताउनु भयो ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेसी जनतालाई भ्रम फैलाउनेका पक्षमा नलाग्न आग्रह गर्नुभयो । विगतमा पनि नेकपाले झापा आन्दोलन, किसान आन्दोलन र जनयुद्ध लगायतका जागरण आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको र त्यसलाई मधेसका जनताले सधैँ साथ दिएको उहाँले भनाइ थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected