0Shares

रौतहट । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले मधेशी दललाई घमण्ड नगर्न सुझाव दिनुभएको छ । रौतहटको गरुडामा शनिबार नेकपा प्रदेश २ कमिटीद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय जनता पार्टी नेपाललगायत मधेसी दललाई इंगित गर्दै झुक्याएर केही मत बढी ल्याउँदैमा फूर्तीफार्ती नदेखाउन सुझाव दिनुभएको हो । उहाले वर्तमान सरकार कसैप्रति आग्रह र पूर्वाग्रह नराख्ने जनताको प्रतिनिधि भएकाले जनताको आकांंक्षा पूरा गर्नमा कुनै कसर नछोड्ने स्पष्ट पार्नुभयो ।

ओलीले स्थानीयदेखि संघीय सरकारसम्म नेकपाको नेतृत्व भएकाले अबको राजनीति विकासको राजनीति हुने स्पष्ट पार्नुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected