0Shares

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक भ्रष्टाचारको उच्च श्रेणीमा रहेकोले आफुलाई अन्तर्राष्ट्रिय मंचहरुमा उभिदा लज्जाबोध हुने गरेको बताउनु भएको छ । नेपाल नगरपालिका संघको बार्षिक साधारण सभामा प्रधानमन्त्री ओलीले सुशासनमा जोड दिएर विकास, निर्माणको कामलाई अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले जनताको विश्वास आर्जन हुने गरी काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई सचेत गराउनु भयो ।

त्यस्तै चन्द नेतृत्वको नेकपाको सर्वत्र आवाज उठ्दै गर्दा जवाफमा प्रधानमन्त्री ओलीले आतंककारी, ध्वंसात्मक गतिविधि संचालन गरिरहेकाले सरकारले चन्द नेतृत्वको पार्टीलाई कानुनी कार्वाही गर्ने निर्णय लिएको स्पष्ट पार्नुभयो । उहाँले मूल धारको राजनीतिमा आउने अधिकार सबैलाई भएको तर लुटपाट मच्चाउँदै हिँडने अधिकार कसैलाई पनि नरहेको बताउनु भयो । लुटेरा गतिविधिमा संलग्न जोकोहीलाई सरकारले कानुन बमोजिम कार्वाही गर्ने चेतावनी समेत दिनुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected