0Shares

विराटनगर । साफ च्याम्पियनसीपमा समुह ए को विजेता बन्दै नेपाल सेमिफाईनल प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा शनिबार भएको समुह चरणको अन्तिम खेलमा बंगलादेशलाई ३–० गोलले हराउँदै नेपाल समुह विजेत बनेको हो ।

पहिलो गोल उपहार स्वरुप पाएको नेपालका लागि सावित्रा भण्डारी र मञ्जली कुमारी योञ्जनले एक–एक गोल गरे । पहिलो खेलभन्दा राम्रो प्रदर्शन गरेको नेपालले बंगलादेशविरुद्व खेलको सुरुदेखीनै आक्रमक खेल्दै पहिलो हाफमै ३ गोल गरेको थियो ।
खेलको छैटौं मिनेटमै बंगलादेशकी डिफेन्डर मासुरा पार्भिनको हेड बलले आफ्नै पोष्टमा गोल भएपछि नेपालले आत्मघाती गोल मार्फत अग्रता बनायो ।

२३ औ मिनेटमा सावित्रा भण्डारीले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाईन् । मैदानको बायाबाँट एक्लै बल अघि बढाएका सावित्राले गोलकिपरलाई विट गर्दै गोल गरिन् । लगातार बंगलादेशमाथि दबाब बनाएको नेपालले २८ औ मिनेटमा तेस्रो गोल गर्यो । सावित्राको लामो पासमा मञ्जली कुमारीले गोल गर्दै नेपाललाई ३–० को स्थितीमा पुर्याइन । दोस्रो हाफमा पनि केही राम्रा अबसर बनाएपनि कुनै गोल हुन सकेन र नेपाल विजयी भयो ।

जितसँगै समुह ए मा नेपालले दुई खेलबाट ६ अंक जोड्यो भने उपविजेता बंगलादेशले ३ अंक मात्र जोड्न सक्यो । आफ्नो पहिलो खेलमा दुवै टोलीले भुटानलाईनै हराउँदै एक खेल अघिनै अन्तिम ४ मा स्थान बनाईसकेको थियो ।

समुह चरणको अन्तिम खेलमा आइतबार भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । यस समुहको उपविजेताले बुधबार नेपालसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै विजेताले दोस्रो सेमिफाइनलमा बंगलादेशसँग खेल्नेछ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected