0Shares

काठमाडौं । नेपालका मौलिक रैथाने धर्महरुलाई क्षति पुर्याउन तीब्र गतिमा भइरहेको धर्म परिवर्तनविरुद्ध स्वक्रियात्मक साझा रणनीति तयार गर्ने उद्देश्यले सहृदयता सम्मेलन आयोजना गरिएको छ ।

शनिबार काठमाडौंमा जरो किलो प्रतिष्ठान नेपालको मुख्य आयोजना र सहृदयता समाज नेपाल तथा युुग निर्माण महिला समाज नेपालको सह–आयोजनामा धार्मिक सहृदयता सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा नेपालका मौलिक रैथाने धर्महरु हिन्दु, बौद्ध, किरात, जैन र बोनसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुका विद्वानहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय धार्मिक सहृदयता सम्मेलनको यो दोस्रो संकरण हो । गत वर्ष फागुुन ५ गते पहिलो पटक यो सम्मेलन आयोजना भएको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected