0Shares

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले काठमाडौंको मूलपानीमा ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ २ वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने बताउनु भएको छ । आईतबार आफ्नो एक वर्षे कार्यकालको प्रमुख उपलब्धिबारे जानकारी गराउदै उहाँले १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक खेल पूर्वाधार निर्माण कार्य तीव्र गतिका साथ अघि बढाइएको दाबी गर्नुभयो ।

त्यसैगरी सरकारले सबै स्थानीय तहमा १÷१ वटा दीर्घकालीन महत्वका खेलग्राम निर्माणका लागि स्थानीत तह खेल पूर्वाधार निर्माण कार्यविधि मन्त्रिपरिषदबाट स्विकृत भई कार्यान्वयनमा ल्याइएको पनि जानकारी गराउनु भयो । कार्यक्रममा उर्हाँले प्रदेश ५ को नेपालगंज लगायतका जिल्लामा आयोजना हुने ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितासँग सम्बन्धित खेलका पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेको पनि स्पष्ट पार्नुभयो ।

मन्त्री विश्वकर्माले खेल क्षेत्रको माध्यमबाट नेपालको अर्थतन्त्रमा टेवा पुर्याउन साहसिक तथा पर्यटकीय खेल गन्तव्यहरुको पहिचानका लागि आवश्यक पहलकदमी लिन सो प्रशिक्षण केन्द्र स्थापनाको कामलाई अघि बढाइएको पनि बताउनु भयो । उहाँले चालू आर्थिक वर्ष भित्रै देशका विभिन्न स्थानमा ६ वटा रंगशाला, १९ वटा कभर्ड हल, ७ वटा क्रिकेट मैदान र विभिन्न ९० स्थानमा स्थानीय खेल मैदान निर्माण कार्यलाई तीव्रता दिने योजना रहेको बताउनु भयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected