पुलवा आत्मघाती आक्रमणमा हाम्रो संलग्नता छैन : पाकिस्तान
- March 28, 2019
- 2250
Pakistan's Foreign Ministry spokesman Mohammad Faisal speaks to the media at the Foreign office in Islamabad on March 28, 2019. - Pakistan on March 28 said it had found no links between militants swept up in a recent dragnet and a suicide attack in Indian-administered Kashmir last month that brought the nuclear-armed rivals to the brink of war. (Photo by AAMIR QURESHI / AFP)
0Shares
इस्लामाबाद । पाकिस्तानमा पक्राउ परेका व्यक्तिहरुसँग भारत नियन्त्रित काश्मिरको पुलवामा गत महिना भएको आत्मघाती आक्रमणमा कुनै सम्बन्ध नरहेको पाकिस्तान सरकारले जनाएको छ ।
उक्त आक्रमणपछि भारतले पाकिस्तानी अधिकारीलाई शंकास्पद ९० जना व्यक्ति तथा २२ वटा शंकास्पद तालिम केन्द्रहरुको सूची पठाएको थियो । तर पाकिस्तानी विदेश मन्त्रालयले भारतले उपलब्ध गराएका व्यक्ति तथा स्थानसँग पुलवामा घटनाको कुनै सम्बन्ध नपाइएको जनाएको छ ।
पाकिस्तानी विदेश मन्त्रालयको विज्ञप्तिमा भारतले शंका गरेका ठाउँहरुमा भ्रमणको अनुमति दिन पाकिस्तान सकारात्मक रहेको जनाइएको छ । पुलवामा घटनापछि भारत र पाकिस्तानबीच तनाबको स्थिति उत्पन्न भएको थियो । पुलवामा घटनामा भारतीय सशस्त्र फौजका ४० जवानको मृत्यु भएको थियो । पाकिस्तानमा आश्रय लिइरहेको जैस–ए–मोहम्मदले उक्त घटनाको जिम्मेवारी लिएक थिए।
0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।