0Shares

काठमाडौं । अमेरिकामा संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत शान्ति सेनाको क्षमता, दक्षता र सुरक्षा सम्बन्धी मन्त्रीस्तरीय सम्मेलनमा भाग लिइ उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल स्वदेश फर्कनुभएको छ ।

मन्त्री पोखरेलले १५ चैतमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भएकोे मन्त्रिस्तरिय बैठकलाई सम्बोधन गर्नुभएको थियो । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि कार्यरत नेपाली सेना र प्रहरीले पु¥याइरहेको योगदानलाई अन्तर्राष्ट्रिय जगत समक्ष उजागर गर्न मद्दत पुगेको मन्त्री पोखरेलले जानकारी दिनुभयो । उपप्रधानमन्त्री पोखरेलले राष्ट्रसंघको अनुरोधमा १० हजारसम्म शान्ति सेना परिचालन गर्न नेपाल तयार रहेको बताउँदै राष्ट्रसंघको अनुरोधमा नेपालले बिभिन्न मिसनमा रहेर काम गरिरहेको जानकारी गराएको बताउनुभयो । भ्रमणका क्रममा नेपाली सेनाको भूमिकाका बारेमा थप परिचित गर्न मद्दत पुगेको उहाँको भनाई छ ।

त्यस्तै उहाँले शान्ति मिसनमा नेपाली सेनाको भूमिकाबारे प्रसंसा भएपनि नेपाली सेनालाई नेतृत्वदायी भूमिका नदिईएको बारेमा पनि छलफल गरिएको बताउनुभयो । अमेरिका बसाइका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस लगायतसँग भेटवार्ता भएको पोखरेलले बताउनुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected