0Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संघीय संसदमा पेस गरेको नीति तथा कार्यक्रम देखाउन र भन्नका लागि मात्र नभएको बताउनुभएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले शुक्रबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको कार्यान्वयन गरेरै छोड्ने प्रतिवद्धता जनाउनुभयो । नीति तथा कार्यक्रमलाई पास गर्न सबै सांसद एक हुन उहाँले निर्देशन पनि दिनुभयो ।

प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा नपरेका विषय बजेटमा समेट्न सकिने जिकिर गर्नुभयो । जनतालाई मध्यनजर राखी बजेट सरकारले पेश गर्ने भन्दै उहाँले बजेटको बारेमा अलि गम्भीर छलफल गर्ने र नीति तथा कार्यक्रम पास गर्नुपर्ने धारणा पनि राख्नुभयो । उहाँले नीति तथा कार्यक्रममा केही छैन भन्नु बिना अध्ययनको टिप्पणी भएको तर्क गर्नुभयो ।

बैठकमा उहाँले राज्यको माथिल्लो तह राष्ट्रपति भएको भन्दै राष्ट्रपतिले देशलाई आफ्नो भन्दा पनि विरोध गर्नु कुनै तर्कसंगत नहुने धारणा राख्नुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected