0Shares

पपुवा न्यू गिनीमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले यसको पुष्टि गरेको हो । बुलोलोबाट करिब ३३ किलोमिटर टाढा उत्तरपश्चिममा रहेको क्षेत्रको १ सय २७ किलोमिटर गहिराईमा भूकम्पको केन्द्र रहेको युएसजिएसले जनाएको छ । युएसजिएसका अनुसार राजधानी पोर्ट मोरेसबाइमा पनि महसूस गरिएको छ । भूकम्पबाट क्षतिको विवरण प्राप्त हुन सकेको छैन । पपुवा न्यू गिनीमा केही समयकै अन्तरालमा यो दोस्रो शक्तिशाली भूकम्प हो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected