0Shares

ललितपुर । वर्षा तथा सहकालका देवताका रूपमा मनाइने रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको पाटनमा सुरु भएको छ ।

उपत्यकाकै सबैभन्दा लामो यो जात्रा अन्तर्गत वर्षेनी मातातीर्थ औंशीपछिको चौथो दिन चतुर्थीमा रथ तान्न सुरु गरिन्छ । पहिलो दिन अपराह्न पुल्चोकबाट रथ तानेर गाबहाल पुराइएको छ । रातो मच्छिन्द्रनाथसँगै मिननाथको पनि रथयात्रा सुरु गरिएको छ । रथयात्रा गाबहाल, मंगलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेल पुर्याइन्छ । रथ तान्दा केही बाधा अवरोध नहोस् भनेर रथको अग्र भागमा कर्कोटक नाग राजको मुखमा सुनको जलप राखिएको भैरवको मुकुट राखिएको छ । रथको माथिल्लो भागमा ‘बायमो’ मा स्वयम्भूबाट ल्याइएको अमिताभ राखिएको छ । गजुरमा सबै प्राणीको रक्षाका लागि श्री लोकेश्वरको षड्क्षरी मन्त्र लेखिएको तथा नेपालको झन्डा फहराइएको छ ।

बिभिन्न स्थानको परिक्रमा गर्दै साइत हेरेपछि भोटोजात्रा हुन्छ । भोटो जात्रा देखाएपछि जात्रा समापन हुन्छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected