0Shares

पाकिस्तान । पाकिस्तानको एक पाँच तारे होटलमा बन्दुकधारीले कब्जामा लिएका छन।

बलुचिस्तान प्रान्तको ग्वादर सहरमा रहेको होटल पर्ल कन्टिनेन्टलमा बन्दुकधारीले कब्जामा लिएका हुन। होटलमा सुरक्षाकर्मी र बन्दुधारीबीच दोहोरो गोली हानाहान हुँदा एक सुरक्षाकर्मीको मृत्युभएको छ । हमलाको जिम्मा विखण्डनकारी संगठन बलोचिस्तान लिबरेशन आर्मीले लिएको छ। उक्त संगठनका प्रवक्ता जुनैद बलोचले वैदेशिक लगानीलाई निशाना बनाउने नीति अनुसार उक्त हमला गरिएको बताएका छन्र । अझै पनि केही कर्मचारी उनीहरूको नियन्त्रणमा रहेका छन् ।

सुरक्षाकर्मीले होटलको ९५ प्रतिशत भाग आफुहरुको नियन्त्रणमा आइसकेको बताएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected