0Shares

काठमाडाैं । नेपाली काँग्रेसले मिडिया माथिको प्रतिबन्ध लगाउने गरी सरकारले ल्याएको बिधयेकको निन्दा गरेको छ ।

पार्टी कार्यालय सानेपामा प्रमुख प्रतिपक्षी दल कांग्रेसले मिडिया माथिको प्रतिबन्ध लगाउने गरी ल्याईएको बिधयेकलाई अघि बढाउन खोजे यसविरुद्ध काँग्रेस संसदमा सशक्त रुपमा प्रस्तुत हुने चेतावनी पनि दिएको छ । संविधानमा नै प्रेसले पाएको अधिकारकोविरुद्ध हुनेगरी सरकारले ल्याएको विधेयक गैरसंवैधानिक समेत भएको निष्कर्ष निकालेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा सरकारले दर्ता गराएको ‘मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक’ ले प्रेसमाथि अंकुश लगाउने बताउनुभयो । उहाँले उक्त विधेयक हु–बहु पारित भए त्यो प्रेस स्वतन्त्रताका लागि ‘कू’ हुने बताउनुभयो । देउवाले संविधानमा नै पूर्ण प्रेस स्वतन्त्रताको उल्लेख गरिएको भएपनि संविधान विपरित सरकारले प्रेसमाथि अंकुश लगाउने गरी कानून बनाउने कोशिष गरेकोप्रति आपत्ति समेत जनाउनुभयो । लोकतन्त्रको आधारस्तम्भ मानिने प्रेसमाथि अंकुश लगाउने गरी कानून बनाउँदा लोकतन्त्र नै संकटमा पर्ने भन्दै उहाँले सो विधेयक फिर्ता लिन समेत सरकारसँग माग गर्नुभयो ।

कार्यक्रममा कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले प्रेस जगतलाई नियमन गर्ने नाममा प्रेस स्वतन्त्रतालाई कुनै पनि ढंगले असर पु¥याउन नहुने धारणा राख्नुभयो । उहाँले सरकारले २६ बैशाखमा संसदमा दर्ता गरिएको प्रस्तुत मिडिया काउन्सिल सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपालको संविधानको प्रस्तावनाकै शव्द, भावना र मर्मंको प्रतिकुल रहेको जिकिर गर्नुभयो ।

त्यस्तै काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले गैरस‌ंवैधानिक रुपमा ल्याइएको यो विधेयक स‌ंविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताविरुद्ध रहेको भन्दै यो विधेयक संसदबाट पारित हुनै नसक्ने स्पष्ट पार्नुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected