0Shares

काठमाण्डौंँ १० माघ । मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपाल बीच सहजै रकम भुक्तानी गर्ने सम्बन्धमा विहिबार सम्झौता भएको छ ।
अब रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको करिब चार हजार एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिने मुक्तिनाथ बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गले जानकारी दिनुभयो । सम्झौतामा बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र रेमिट टु नेपालका प्रबन्ध निर्देशक सन्तोष भेटवालले हस्ताक्षर गर्नुभएको छ ।


मुक्तिनाथ विकास बैंकका ४२ जिल्लामा १३४ वटा शाखाहरुमार्फत ग्राहकलाई बचत तथा निक्षेपसहित मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवा प्रदान गर्दै आईरहेको बैंकका अध्धक्ष भरतराज ढकालले जानकारी दिनुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected