0Shares

भारतले सीमा मिचेर सडक निर्माण गरेको दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना गर्न टोली त्यहाँ पुगेको छ।

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणबहादुर थापासहितको टोली बुधबार छाङरु पुगेको हो।

नेपाली सेनाको हेलिकोप्टरमा दुई पटकमा गरेर खलंगाबाट टोली छाङरु गएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताए। छाङरुको बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको कमान्डमा २५ जना सशस्त्रको टोली रहनेछ। यो पोस्ट भारतले सडक निर्माण गरेभन्दा १३ किलो मिटर तल पर्छ।

सोही क्षेत्रमा नेपाल प्रहरीको पनि ९ जनाको टोली रहने छ। त्यो टोली पनि बुधबार नै हेलिकोप्टरमा त्यहाँ पुगेको छ।

(तस्बिरः सशस्त्र प्रहरी) source : https://nepalkhabar.com/

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected