1Shares

काठमाण्डौँ, १० भदौ । कोरोना महामारीको कारण साउन तीन गतेबाट आज राति १२ बजेसम्म तय गरिएको काठमाण्डौं उपत्यकाको निषेधाज्ञा भदौ १७ गते राति १२ बजेसम्मको लागि विस्तार गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले आज एक सूचना जारी गरी सो जानकारी दिएको हो । कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले निषेधाको आदेशको पूर्ण कार्यान्वयन गर्न सबैमा आग्रह गरिएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भदौ १७ गते राती १२ बजेसम्मका लागि उपत्यकाको तीनै जिल्लामा लागू हुने गरी निषेधको आदेश जारी गरिएको जानकारी दिनुभयो । सो सम्बन्धमा छलफल गर्न उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित सरोकारवालको बैठक बसेको थियो ।

 

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected