२०८३ कार्तिक २५, बुधबार Wednesday, November 11, 2026
खबरमुख्य खबरव्यक्ति विशेषशिक्षा

भ्याली भ्यु स्कूलको प्रधानाध्यापकमा भण्डारी

काठमाडौँ, ५ मंङ्सिर \ काठमाडौँको मध्य बानेश्वरस्थित भ्याली भ्यु इङ्लिस स्कूलको प्रधानाध्यापकमा सुभाषचन्द्र भण्डारी नियुक्त हुनुभएको छ । विद्यालय व्यवस्थापन समितिले विगत १४ वर्षदेखि सोही स्कूलमा उप–प्रधानाध्यापक पदमा कार्यरत भण्डारीलाई यही मंङ्सिर १ गतेदेखि लागु हुने गरी प्रधानाध्यापक पदमा नियुक्त गरेको हो । विद्यालयको नेतृत्वदायी पदका लागि पदपूर्ति गर्ने सन्दर्भमा स्कूलको पूर्ण स्वामित्वको संस्थापक कम्पनी प्रोफेसलन एजुकेटर्स लिमिटेड र समिति बैठकको सर्वसम्मत निर्णयबाट  भण्डारीलाई प्रधानाध्यापक पदमा नियुक्त गरिएको समिति अध्यक्ष डा खगेन्द्रप्रसाद ओझाले जानकारी दिनुभयो ।

 

निवर्तमान प्रधानाध्यापकले व्यक्तिगत कारण देखाई स्वेच्छिक अवकाशका लागि पदबाट राजीनामा दिएपछि समितिले मंङ्सिर १ गतेदेखि नै लागु हुने गरी उक्त राजीनामा स्वीकृत पनि गरेको उहाँले जानकारी दिनुभयो । स्कूललाई संस्थागत रुपमा अझ बढी स्तरीय र परिणामुखी बनाउँदै लैजाने कार्यदिशामा समिति प्रतिवद्ध रहेको बताउँदै अध्यक्ष डा ओझाले सदा झंै स्कूलका अभिभावकबाट पूर्ण सहयोग, विद्यार्थीबाट लगनशिलता र आवद्ध शिक्षक–कर्मचारीबाट अझ बढी सक्रिय भइ नियमित कार्य सम्पादनको अपेक्षा गर्नुभयो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…