0Shares
काठमाडौँ, १६ मंसिर । आज थप एक हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा ८०३ पुरुष तथा ५०१ महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ३४ हजार ७५६ पुगेको छ । पछिल्लो २४ घण्टामा आठ हजार ५८३ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म १७ लाख ४६ हजार ३३० जनाको पिसिआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख १६ हजार ५९४ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १६ हजार ६३३ सक्रिय सङ्क्रमित रहेका छन् ।
काठमाडौँ उपत्यकामा ५३० थपिए
काठमाडौँ उत्यकामा थप ५३० कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमित हुनेमा २९० पुरुष र २४० महिला छन् । योसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार ६५६ पुगेको छ । आज थपिएका सङ्क्रमितमध्ये काठमाडौँका ४०९, ललितपुरका ८५ तथा भक्तपुरका ३६ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । २१ को मृत्यु नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या एक हजार ५२९ पुगेको मन्त्रालयले जनाएको छ ।
0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।