1Shares

काठमाडौं, १८ मङ्सिर । नेपाली काँग्रेसले तनहुँमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध भएको सरकारी दमनका विरुद्ध छलफल गर्न आज दिउँसो पार्टी पदाधिकारको बैठक बोलाएको छ । बैठक पार्टी सभापतिको निवास बुढानीलकण्ठमा दिउँसो दुई बजे बस्ने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
व्यासनगरापलिकाको बुल्दी खोलामा बनेको पुल उदघाटन गर्न जाँदा प्रहरीले हुलहुज्जत गर्दै वरिष्ठ नेता पौडेललाई पक्राउ गरेको र सत्तारुढ दल नेकपा निकट प्ररायुसंघले पुल उदघाटनमा अवरोध पुरयाएपछि यसलाई सरकारको निरंकुशता र सर्वसत्तावादको आरोप लगाएको काँग्रसले थप धारणा बनाउन पार्टी पदाधिकारी बैठक बोलाएको हो । पछि वरिष्ठ नेता पौडेलले सो पुलको उदघाटन गरेका थिए । तनहुँका सबै केन्द्रीय नेता र छिमेकी जिल्लाका पार्टी समर्थक सहभागी भएको सो उदघाटन समारोहमा नेताहरुले सुतेको काँग्रेसलाई ब्युताउने काम भएको र तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठको विगत र अहिलको रवैयाप्रति कडा आलोचना गरेका थिए ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected