२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबरदेशफिचर समाचारमुख्य खबर

नेकपाको सचिवालय बैठक शुरु, प्रम एव अध्यक्ष ओली सहभागी


काठमाडौँ, २० मङ्सिर । प्रधानमन्त्री एव नेकपा अध्यक्ष केपी शर्मा ओलीको सहभागीतामा नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि शुरु भएको छ । बैठक अघि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाबीच एक्ला एक्लै छलफल भएको बताइएको छ । पार्टीमा विवाद बढ्दै गईरहेको बेला दुवै अध्यक्षबीच २५ दिन यता एक्लाएक्लै संवाद हुन सकेको थिएन । अध्यक्ष दाहाललाई ओली पक्षीय नेताहरु इश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्वाङले बेग्लाबेग्लै खुमलटारमा भेटेर दुवै अध्यक्ष मिलेर जान सुझाव दिएका थिए ।

त्यस्तै विवाद बढ्दै गइरहेको बेला बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले बेग्ला बेग्लै छलफल गरेका थिए । पार्टीमा विवाद उत्कर्षमा पुगेको बेला राष्ट्रपति सँग हुने यसप्रकाकारे भेटको आलोचना हुने गरेको छ । यसअघि यही मङ्सिर १७ मा केही बेर बसेको बैठकमा प्रधानमन्त्री ओली सहभागी नभएपछि आजको लागि बैठक बोलाइएको थियो । सचिवालय बैठक लम्बिएसँगै मङ्सिर १८ गतेका लागि निर्धारित स्थायी कमिटी बैठक मङ्सिर २१ गतेसम्मका लागि सरेको छ । यसअघि मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको लिखित पत्रका सम्बन्धमा बैठक केन्द्रित रहेको छ । दुवै अध्यक्षका प्रस्ताव साझा बनाएर स्थायी कमिटी र मङ्सिर २५ गते हुने केन्द्रीय कमिटी बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरूबीच विवाद रहेको छ ।

Read more

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…