२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबर

मुलुकमा फेरी राजनितिक समस्या खडा गर्न खोजिएको छ ः प्रम ओली

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा फेरी राजनीतिक समस्या खडा गर्न खोजिएको बताउनुभएको छ । उहाले राजनीतिक स्वार्थबाट देशमा कहिल्यै हित नहुने बताउदै त्यस्ता स्वार्थ पुरा हुन नसक्ने जिकीर गर्नुभएको छ ।
किर्तिपुरका सुन्दरीघाट चोभार स्थित ‘शान्ति सुद्धम्मावासा’ जेष्ठ नागरिक आवास गृहको शिलान्यास गर्दै उहाले सत्यभन्दा स्वार्थ बढी भएको र त्यसले कहिल्यैपनि शान्ति कायम गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

‘हामी नेपालीहरु बुद्धका अनुयायी हौ, हामीले जहिल्यैपनि स्वार्थी नभै सत्यका पुजारी हुनुपर्छ’– उहाले भन्नुभयो । पछिल्लो समय मुलुकमा अशान्ति बढिरहेको तर्फ इंकित गर्दै उहाले नेपाली समाज पदभ्रष्ट हुन खोजिएको बताउनुभयो ।
नेकपा विप्लब समुहले मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठलाई डकैती शैलिमा हत्या गरेको बताउदै त्यस्ता गतिविधि गर्नेलाई सरकारले कुनै हालतमा माफी नदिने स्पष्ट पार्नुभयो ।

यस्तै खालको बिकराल कालखण्ड पार गरेर मुलुक यो स्थितिमा आएको छ , अब फेरी त्यतैतिर फर्काउने अवस्था आएको छ । ‘त्यस्ता समुह कमाउने होइन, सम्पती दिएन भने हत्या गर्ने प्रवृतिमा लागेका छन’– प्रम ओलीले भन्नुभयो ।

नेपालको पछिल्लो राजनीति अवस्थाप्रति कटाक्ष गर्दै उहाले भन्नभयो–‘अहिले पंखा चलाएर आधी ल्याउन खोजिरहेका छन् , त्यस्तो प्रवृतिलाइए सफल हुन दिन्नौ । पार्टीमा देखिएको अन्तरविरोधप्रति लक्षित गर्दै उहाले भन्नुभयो पंखा चलाउदैमा आधि आउदैन , साच्चिकै आधि ल्याउनुपर्छ ।
उहाले नेपाल बुद्धभुमी मात्र नभै बुद्धदर्शनको मुहान भएको बताउनुभयो । भन्नुभयो–शान्ति, मेलमिलाप र एकताको प्रतिक बुद्धको वाणीबाट नेपाल विश्वमै शान्तिभुमी भएको छ ।

धर्म , आस्था र भगवानको नाममा घृणा गर्ने कामलाई बन्द गर्नुपर्ने तर्क राख्दै प्रम ओलीले भन्नुभयो–हरेक धर्म शान्ति र मेलमिलापिको निम्ति हुनुपर्छ । बुद्ध नेपालमा जन्मेको विषयलाई कुनैपनि मुलुकले अतिरञ्जित गरी प्रचार गर्न नहुने बताउदै प्रम ओलीले भन्नुभयो–‘अमेरीकाले आफ्ना सबै पाठ्यपुस्तकमा बुद्ध नेपालमा जन्मेको उल्लेख गरिसकेको छ , अन्य मुलुकले बुद्ध अन्य देशमा जन्मेको हो , भन्ने विषय तत्काल सच्याउनुपर्छ ।

यसअघि अमेरिकाले बुद्ध भारतमा जन्मेको भन्ने विषय पाठ्यपुस्तकमा समावेश गरेको थियो । प्रम ओलीले लुम्बिनीको गुरुयोजना अनुसार दु्रई वर्ष भित्र काम सक्नेगरी तयारी भएको जानकारी गराउदै केही महिनाभित्रै लुम्बिनीमा ५ हजार क्षमताको अ्रन्तराष्ट्रिय ध्यानकेन्द्रको निर्माण सम्पन्न भैसक्ने बताउनुभयो ।

जेष्ठ नागरिक भवन निर्माण शुरु गरेकोमा खुसी व्यक्त गर्दै उहाले यस्लाई सरकारले पुरा गरेर छाड्ने वचनबद्धता व्यक्त गर्नुभयो । उहाले भन्नुभयो–यस्तो सुन्दर क्षेत्र पहिचान गरेर भवन निर्माण शुरु गर्नुभएको छ , सरकारको तर्फबाट सक्दो सहयोग हुनेछ ।
कार्यक्रममा प्रम ओली र उहाकी धर्मपत्नी राधिका शाक्य, र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले भुमीपुजा गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले ७ वर्षको अथक प्रयासपछि सो भवन निर्माणमा सार्थकता पाएको बताउनुभयो । उहाले नगरपालिकाले भवन निर्माणमा सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा विहारकी प्रमु्ख एवं परियोजना प्रमुख डा अनुजा गुरुमाले करिब ३० करोड लागतमा निर्माण गर्ने उद्देश्य रहेको भवनमा सबैको सहयोगको याचना गनुभएको थियो । उहाले विहारले स्वाथ्य, शिक्षा र बौद्ध शिक्षा, छात्रवृति विवरण लगायतयका काम गरिरहेको जानकारी गराउनुभयो । भन्नुभयो–यो जेष्ठ नागरिक आराम भवन ुनिर्माण गर्न सरकारको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

भवनको विषयमा जानकारी गराउदै शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले विहारका गुरुमा डा.अनोजा गुरुमा को लामो समयको प्रयासपछि निर्माण शुरु भएको बताउदै यस्लाई पुर्ण गर्न सरकारको सक्दो सहयोग हुने बचनबद्धता व्यक्त गर्नुभयो । उहाले विहारकै नाममा जग्गा प्राप्ति भएर भुमी पुजा भएको बताउनुभयो ।

कार्यक्रममा संघनायक बोधिसेन महास्थवीरले सरकारको सहयोगको सराहना गर्नुभएको थियो । कोषाध्यक्ष गुणिन्द्र बज्राचार्यले सबैको सहयोग भएमात्र निर्माण सम्पन्न गर्न सफल हुने बताउनुभयो ।

प्रमपत्नि शाक्यद्धारा ५ लाख सहयोग

प्रधानमन्त्री पत्नी राधिका शाक्यले जेष्ठ नागरिक भवन निर्माण गर्न ५ लाख रुपिया सहयोग गर्नुभएको छ । सहयोग कार्यक्रको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास कार्यक्रममा सहभागि हुनुभएका पत्नी शाक्यको तर्फबाट ५ लाख रुपिया सहयोग हुने बताउनुभएको थियो  यो सरकारको तर्फबाट होइन, मेरी श्रीमति राधिका जीको तर्फबाट ५ लाख रुपिया सहयोग गरेका छौ–प्रम ओलीले भन्नुभयो ।

Read more

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…