२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबरदेशमुख्य खबरविज्ञान प्रविधि

टालटुुले प्रवृत्तिबाट हुने कामले ‘समृद्ध नेपालः सुुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्न नसकिने ः सञ्चार मन्त्री पार्वत गुरुङ

काठमाडौँ, २३ मङ्सिर । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा ध्यान केन्द्रित गर्न मातहतका निकायलाई निर्देशन दिनु भएको छ । सञ्चारमन्त्री गुरुङले मन्त्रालयको गरिमा कायम हुनेगरी इमान्दार, स्वाभिमान र जिम्मेवार भएर काम गर्न पनि कर्मचारीहरुलाई सचेत गराउनुभयो । ‘चालूू आर्थिक वर्षको कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन म मन्त्रालय अन्तरगतका सबै निकायलाई आग्रह गर्दछुु’, मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७७÷७८ मा संचालित कार्यक्रमहरुको प्रथम चौंमासिक समिक्षा र मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई समापन गर्दै उहाँले भन्नुभयो, ‘सूचना र प्रविधिको माध्यामबाट मुलुुकलाई समृद्ध बनाउन पनि चालू आर्थिक वर्षको कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान जोड दिनु पर्दछ ।’

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले टालटुुले प्रवृत्तिबाट हुने कामले ‘समृद्ध नेपालः सुुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्न नसकिने उल्लेख गर्दै नागरिकप्रति जवाफदेही हुने गरी कार्य सम्पादन गर्न कर्मचारीहरुले इमान्दारका साथ काम गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले कार्यविधि, नियमावली, निर्देशिकाहरु विकास आयोजनाको कामलाई तीव्रताका साथ अघि बढाउन बाधक बन्न नहुने पनि स्पष्ट पार्नु भयो । मन्त्री गुुरुङले मन्त्रालयको गरिमालाई उच्च बनाउने गरी गेमचेन्जर प्रोग्राम छनौटको कामलाई ढिलाई गर्न नहुने पनि स्मरण गराउनुभयो । आम सञ्चार, दूूर सञ्चार, सूचना प्रविधिको क्षेत्रमा गेम चेन्जर प्रोग्रामको छनौट गरी अघि बढाउन लागिपर्ने मन्त्री गुरुङको भनाई थियो ।
मन्त्री गुरुङले सूूचना र प्रविधिको विकासमार्फत् दीगो विकास लक्ष्य हासिल हुनेगरी मुलुकलाई समृद्ध बनाउन मातहतका सबै निकाय क्रियाशील हुनुपर्ने बताउनु भयो । राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले महालेखा परीक्षकको कार्यालयले निर्देश गरे अनुसार काम गर्न मन्त्रालयका कर्मचारीहरुलाई आग्रह गर्नु भयो । उहाँले मुलुकको सुशासन र विकासका लागि बाधक नहुने गरी कार्यविधि, निर्देशिका र नियमावलीहरु बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालयको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तोकिएको समय अगाडि नै सम्पन्न हुने गरी काम गर्न मातहतका कर्मचारीहरु आग्रह गर्नु भएको थियो ।

Read more

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…