0Shares

काठमाडौँ, ३० मंसिर । संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भएपछि बालुवाटारमा संवैधानिक परिषदको बैठक बसेको छ ।अध्यादेश अनुसार प्रधानमन्त्री सहित तीन जना भएपनि बैठक बस्ने प्रावधान राखिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि टवीट माफर्त नयाँ अध्यादेश बमोजिम संवैधानिक परिषदको बैठक शुरु भएको जानकारी दिनुभएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्टिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना र प्रधानान्याधिश चोलेन्द्र शमशेर जवरा सहभागी हुनुहुन्छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा सहभागी हुनुहुन्न ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected