२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
मुख्य खबरव्यक्ति विशेषसाहित्य

शिखरकोटरी चुँदीमा बन्यो रामायण भवन ः भएन संरक्षण

तनहुँ, ७ पुस । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४ स्थित  शिखरकटेरीमा निर्माण गरिएको रामायण भवन संरक्षणको पर्खाइमा छ । भानु जन्मस्थल विकास समितिको म्याद सकिएर विघटन भएपछि अर्को समिति गठन हुन नसक्दा निर्माण सम्पन्न भए पनि त्यसको संरक्षण गर्ने निकाय नहुँदा अलपत्र बनेको हो । आदिकवि भानुभक्त आचार्यको स्मृतिमा शिखरकोटीमा रामायण भवन निर्माण गरे पनि आधिकारिक निकाय नहुँदा यतिबेला कसले संरक्षण गर्ने भन्ने विषयमा विवाद भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभाग मातहतमा र भानु जन्मस्थल विकास समितिको सक्रियतामा करिब रु तीन करोडको लागतमा विसं २०५२ मा उक्त समिति गठन गरिएको हो ।

नेपाल सरकारसँग समिति गठनका लागि पहल गरिए पनि समिति गठन हुन नसकेपछि अलपत्र बन्दै गएको  भानु नगरपालिका–४ का अध्यक्ष पूर्णबहादुर लौडारी भाटले बताउनुभयो । भानुभक्त र रामायणसँग सम्बन्धित सामग्री सुरक्षित गरेर त्यसलाई साहित्यिक गन्तव्यस्थलका रूपमा विकास गर्न नेपाल सरकारको सहयोगमा भवन निर्माण गरिएको हो । रामायण भवन निर्माण सम्पन्नपश्चात संरक्षणका लागि कार्यपालिका बैठकमा पटक–पटक जानकारी गराए पनि कुनै सुनुवाइ नभएको उहाँले जानकारी दिनुभयो । यसअघि उक्त संस्थामा नेपाल सरकारले अध्यक्ष र कार्यकारी निर्देशकका रूपमा विभिन्न क्षेत्रका व्यक्तिलाई मनोनयन गर्दै आएको थियो । अहिले भानु नगरपालिकाले जन्मस्थल विकास समितिले समेत काम हेर्दै आएको बताइएको छ ।

भवन निर्माण पूरा भए पनि रामायण भएका श्लोक, रामायणसम्बन्धी तस्वीर कुद्ने काम बाँकी रहेको नगरपालिकाले जनाएको छ । रामायण भवन कलात्मक ढङ्गले निर्माण गरिएको छ । भवनको बार्दली सालको काठ प्रयोग गरी निर्माण गरिएको छ । भानु जन्मस्थल विकास समितिले भानु जन्मस्थल क्षेत्रमा निर्माण भएका र निर्माणाधीन संरचनाको संरक्षण र संवद्र्धन गर्दै आएकामा हाल समितिविहीन भएकाले संरक्षण गर्न कठिनाइ भएको भानुनगरपालिकाका प्रमुख उदयराज गौलीले जानकारी दिनुभयो ।

“संरक्षण तथा पर्यटक गाइड पनि व्यवस्थापन गर्न थुप्रै जनशक्ति आवश्यक पर्छ, पालिकाले सिधैँ कर्मचारी भर्ना गर्न मिल्दैन”, उहाँले भन्नुभयो । सङ्घीय सरकारको मातहतमा रहेको समिति विघटन भएकाले अहिले समितिविहीन अवस्थामा छ । रामायण भवन निर्माण गरिए पनि विघटित समितिको पुनःगठन हुन नसक्दा भवनका सामान चोरी हुने, आगलागी हुनेलगायत जोखिम बढ्दै गएको समितिका खरिदार शिव रानाभाटले जानकारी दिनुभयो । वनको बीच भागमा रामायण भवन निर्माण गरिएकाले एक्लै मानिस जान पनि सक्दैनन् । उहाँले भन्नुभयो, “आज गएर सरसफाइ गरेर चाबी लगाएर फर्कियो भोलिपल्ट जाँदा चाबी खोलेको र फोहर गरेको मात्रै देख्न सकिन्छ ।” कतिपय निर्माण गरिएका संरचनासमेत तोडफोड गरिएकाले समयमा ध्यान दिन नसकिए अरु क्षति व्यहोर्नुपर्ने देखिएको छ । राष्ट्रिय विभूतिको सम्मान गर्न पनि सङ्घीय सरकारले जिम्मा लिने गरी समिति गठन हुनुपर्नेमा नगरपालिकाले जोड दिँदै आएको छ । सङ्घले प्रदेशलाई, प्रदेशले नगरपालिकालाई र नगरपालिकाले वडालाई जिम्मेवारी दिएर खुम्चाउने काम भइरहेकाले भवन अलपत्र बन्दै गएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागले समेत समितिसँग कुनै पनि समन्वय नगरी काम गरेका कारण पनि भवन संरक्षणमा समस्या देखिएको उहाँले बताउनुभयो ।

Read more

ज्योतिष, शिक्षा र सामाजिक सेवामा विशिष्ट योगदान पुर्‍याउँदै आएका डा.हरिश्चन्द्र भण्डारीलाई ‘वर्ष ज्योतिषी सम्मान–२०८३’

अध्यापन, अनुसन्धान, ज्योतिषीय परामर्श र वैदिक धर्म–संस्कृतिको प्रवर्द्धनमा सक्रिय डा. भण्डारीलाई ज्योतिष परिषद् नेपालको पहिलो ‘वर्ष ज्योतिषी’ सम्मान चितवन। ज्योतिषशास्त्रको अध्ययन, अध्यापन, प्रशिक्षण तथा व्यावहारिक ज्योतिषीय परामर्शका क्षेत्रमा…

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…

मुलुकी देवानी संहिता २०७४ को दफा २१४(२) खारेज: अर्को विवाह गर्ने विधवा महिलाले पूर्वपतिबाट प्राप्त सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं । मुलुकी देवानी संहिता २०७४ को दफा २१४)२) खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार उक्त दफा खारेज गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट…

निजामती कर्मचारीको ट्रेड युनियन खारेज

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै निजामती कर्मचारीहरूको ट्रेड युनियन औपचारिक रूपमा खारेज गरिएको छ। संघीय मामिला तथा…

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौँ। राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशमा पुनर्विचार आवश्यक देखिएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको…

राष्ट्रपतिले जारी गरे सहकारी अध्यादेश

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले  एउटा अध्यादेश जारी गरेका छन्। सरकारले ६ वटा अध्यादेश स्वीकृति गर्न सिफारिस गरे पनि एउटा अध्यादेश जारी भएको हो। जसमध्ये सहकारी पहिलो संशोधन अध्यादेश…