0Shares

काठमाडौँ, १० पुस । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो ।

आजको बैठकले पौष १३ गते सोमबार १६५ निर्वाचन क्षेत्रमा संसद विघटनका विरुद्धमा हुने प्रदर्शनमा सम्पूर्ण रुपले केन्द्रीत रहने निर्णय ग¥यो । पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रम पश्चात केन्द्रीय कार्यसमितिको बैठक पौष १९ गते दिउँसो १ बजे केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

आजको बैठकमा केन्द्रीय सदस्यहरु— ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाई र कल्पना चौधरीले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected