0Shares

काठमाडौँ, १० मङ्सिर । नेपालमा थप ६०८ जना कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर चार हजार १४२ जनाको पीसीआर परीक्षण भएकोमा ३७१ पुरुष र २३७ महिला गरी ६०८ जनामा कोरोना पुष्टि भएको हो ।

हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या दुई लाख ५७ हजार २०० पुगेको छ । अहिले देशभर सात हजार ९२ कोरोना सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा ८९२ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ४८ हजार २९२ पुगेको छ । गत २४ घण्टामा काठमाडौँमा २१२, ललितपुरमा ४७ र भक्तपुरमा २० जना कोरोना सङ्क्रमित भेटिएका छन् । गत २४ घण्टामा कोरोन सङ्क्रमणबाट थप आठ जनाको मृत्यु भएसँगै कूल मृतक सङ्ख्या एक हजार ८१६ पुगेको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected