0Shares

काठमाडौ, ११ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री के.पीं शर्मा ओलीको संविधानवाद र लोकतन्त्र उपर विश्वास रहेको देखिएन भन्नुभएको छ । वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीले हालै लगातार चालेका तीनोटै कदम संविधानको मर्म र भावना विपरीत छन् भन्दै अध्यादेशद्धारा संवैधानिक परिषदको ऐन संशोधन गरेर कार्यकारिणीलाई स्वेच्छाचारी बन्न रोक्नुपर्ने आयोगहरु आफू अनुकूल बनाउने लुकिचोरी काम गर्नुभएको आरोप लगाउनुभएको छ ।


“ संविधानले बहुमतको प्रधानमन्त्रीलाई दिदै नदिएको अधिकार प्रयोग गरेर लोकतन्त्रको आत्मामा प्रहार गर्नुभयो । हिजो फेरी कामचलाउ मन्त्रीमण्डल हेरफेर गरेर संवैधानिक मर्यादाको उल्लघन गर्नुभयो । अव हामीलाई उहाँले देशमा सहिसलामत चुनाव गराउनु हुन्छ भन्ने पनि विश्वास छैन । वरु न्यायमूर्तिहरुबाट असंवैधानिक कदमलाई सच्चाई लोकतन्त्रको जगेर्ना हुनेछ भन्ने विश्वास गर्दछु”, वरिष्ठ नेता पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । उहाँले नेपाली कांग्रेसले यो कदम सच्चियोस भनेर देशभरि जनप्रदर्शन गर्ने सर्वसम्मत निर्णय गरेको र सम्पूर्ण साथिहरुलाई उत्साहजनक सहभागिताको लागि अनुरोध गर्दछु भन्नुभएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected