प्रतिनिधिसभा विघटनविरुद्ध (नेकपा) प्रचण्ड–नेपाल समूहले पुस २३ देखि माघ २३ सम्म दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा
- January 2, 2021
- 2592

0Shares
काठमाडौँ, १८ पुस । प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पुस २३ देखि माघ २३ सम्म एक महिने दोस्रो चरणको सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ । नेकपा केन्द्रीय सङ्घर्ष समितिले आज पत्रकार सम्मेलनमार्फत सो घोषणा सार्वजनिक गरेको हो ।
सङ्घर्ष समितिका संयोजक एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दलसँग संयुक्त सङ्घर्ष गर्ने तयारी गरेको भए पनि त्यसबारेमा निर्णय भइनसकेकाले नेकपाको तर्फबाट दोस्रो चरणको विरोधका कार्यक्रम सार्वजनिक गरिएको बताउनुभयो । उहाँले प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने पनि जानकारी गराउनुभयो ।

0Shares

© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।