२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
अर्थ र वाणिज्य

तालचोकमा सहकारी बैंकको ६० औं शाखा शुरु

पोखरा, २१ पुस |राष्ट्रिय सहकारी बैंक लिमिटेडको ६० औं शाखा कास्कीको तालचोकमा सोमबारदेखि सञ्चालनमा आएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जि.सी.ले शाखाको उद्घाटन गर्नु भयो । उद्घाटनपछि बोल्दै जिसीले सहकारीहरुले सदस्यहरुलाई व्यावसायिकतामा केन्द्रीत गराउने गरी योजना निर्माण गरेर काम गर्नु पर्नेमा जोड दिनुभयो ।
सहकारीमा आवद्ध सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि सहकारीहरु प्रतिवद्ध भएर लाग्ने हो भने समग्र देशको उन्नती धेरै टाढा नभएको उहाँको भनाइ थियो । सहकारीमा आवद्ध सदस्यहरुको जीवन स्तरमा कस्तो परिवर्तन आयो भन्ने विषयमा सहकारी केन्द्रीत हुनुपर्छ, नगर प्रमुख जिसीले भन्नुभयो–दशकौसम्म सहकारीको सदस्य हुने तर जीवनस्तर जस्ताको तस्तै हुने अवस्थाको अन्त्य गर्नु पर्छ ।
विकासका लागि प्रविधिको प्रयोग अति आवश्यक रहेको भन्दै जिसीले सहकारी बैंकले आफ्ना सदस्यहरुमार्फत सहकारीकर्मीहरुलाई प्रविधिमैत्री बनाउन ध्यान दिन सुझाव दिनुभयो । सहकारी क्षेत्रमा पूँजि परिचालन प्रभावकारी रहेको र त्यसलाई उत्पादन तथा बजारीकरणमा केन्द्रीत गर्न सके देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका हुने उहाँको भनाइ थियो ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु) ले सहकारी क्षेत्रको विकासका लागि सहकारी बैंकलाई वित्तीय रुपमा सक्षम बनाउदै सहकारीहरुलाई व्यावसिकतातर्फ केन्द्रीत गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का सञ्चालक कमलादेवी गिरी, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष श्रीप्रसाद भट्टराई, पोखरा महानगर सहकारी समन्वय समितिका अध्यक्ष तेजनारायण अधिकारी, कोअपरेटिभ म्यानेजर्स क्लव कास्कीका उपाध्यक्ष अपिल कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । उहाँहरुले सहकारी क्षेत्रको एकमात्रै बैंकका रुपमा रहेको सहकारी बैंकलाई थप प्रभावकारी बनाउनका लागि कारोबार लगायतका कार्यमा सहकार्य र समन्वय गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रम बैंकका अध्यक्ष के.बी. उप्रेतीको अध्यक्षता, बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीको सञ्चालन र तालचोक शाखाका प्रमुख सन्तोष घिमिरेको स्वागतमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले बैंकको ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था र आगामी योजनाका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
राष्ट्रिय सहकारी बैंकले ४४ वटा शाखामार्फत सदस्य सहकारीहरुका बीच कारोबार गर्दैै आएकोमा गत असारमा थप २४ वटा शाखा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकले अनुमति दिएको थियो । २४ मध्ये १६ वटा शाखा सञ्चालनमा आइसकेका र थप ८ वटा शाखा सञ्चालनका लागि अन्तिम तयारी भैरहेको बैंकका सञ्चालक राम बहादुर जिसीले जानकारी दिनुभयो । तालचोक सहित गण्डकी प्रदेशमा ६ वटा शाखा सञ्चालनमा रहेका र स्याङ्जाको पुतली बजारमा नयाँ शाखा सञ्चालन गर्ने तयारी रहेको जिसीले बताउनुभयो ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…