1Shares

काठमाडौँ, २३ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी कङग्रेसमा भएको अराजकता देखेर दुखित भएको बताउनुभएको छ । “लोकतन्त्रमा सत्ता हस्तान्तरण शान्तिपुर्वक हुनुपर्दछ । जनताको अभिमतलाई सबैले स्वीकार गर्नु पर्दछ भन्ने मान्यता राख्दछु । साथै म अमेरिकी नागरिकको सुखद भविष्यको कामना गर्दछु”,

आज टवीट गर्दै वरिष्ठ नेता पौडेलले भन्नुभएको छ। उहाँले अमेरिकाको वासिङ्टनमा अमेरिकी कङग्रेसमा भएको अराजक दृश्यले अमेरिकी लोकतन्त्रलाई लज्जित गराएको छ भन्दै ट्रम्प प्रवृत्तिको बिश्व भरिबाट अन्त गरि लोकतन्त्रलाई मजबुत बनाउन जरुरी छ भन्नुभएको छ । “जनताको मतलाई सबैले स्वीकार गर्नु पर्दछ । म अमेरिकी नागरिकको सुखद भविष्यको कामना गर्दछु” उहाँले भन्नुभएको छ ।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected