२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
फिचर समाचार

विद्युत् कटौती नहुने गरी आवश्यक व्यवस्थापन गर्न निर्देशन

काठमाडौँ, २३ पुस । पछिल्ला दिनमा प्राविधिक कारणले भइरहेको विद्युत् कटौतीको विषयलाई लिएर अनावश्यक प्रचार भएपछि मुख खोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विभिन्न नीति, रणनीतिलाई प्रभावकारी कार्यान्वयन गरिरहेको स्पष्ट पारेको छ ।
नेपाल विद्युत् प्राधिकरणले यही पुस १७ गते नै विद्युत्भार कटौती नहुने स्पष्ट पारिसकेको दोहो¥याउँदै इतिहास भइसकेको विषयमा अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गरेको छ । मन्त्रालयले भनेको छ, “लोडसेडिङ भन्ने विषय इतिहासमा अध्ययनका विषयमा रुपान्तरित भइसकेको छ ।”

निकट भविष्यमा उत्पादित विद्युत् वितरण, उपभोग, निर्यातका लागि विद्यमान प्रसारण लाइनको अपर्याप्तता रहेको स्पष्ट पार्दै मन्त्रालयले ऊर्जा खेर जाने अवस्थालाई समेत सम्बोधन गर्नेतर्फ ध्यान दिइएको जनाएको छ ।
विद्युत् वितरण प्रणालीलाई आधुनिक, व्यवस्थित र प्रभावकारी बनाउन भूमिगत वितरण प्रणालीलाई शहरी सौन्दर्यकरण एवं भूमिगत प्रसारण लाइन बनाउँदा पूर्ण व्यवस्थित, मितव्ययी, दिगो बनाउने लक्ष्य राखिएको छ ।

विद्युत्, टेलिफोन, इन्टरनेट, सिसिक्यामेरालगायत संरचना रहने गरी अगाडि बढाउँदा सान्दर्भिक र लाभदायक हुन्छ भन्ने साझा सोच रहेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका काम कारवाहीलाई थप प्रभावकारी, परिणाममुखी, जनउत्तरदायी हुनेगरी र कुनै पनि समयमा विद्युत् कटौती नहुने गरी आवश्यक व्यवस्थापन गर्न सरोकार भएका निकायलाई निर्देशन

Read more

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…

बिपीको समाजवाद

युवराज खनाल, शुक्ला-१, तनहुँ । सानैदेखि परिर्वतन चाहने व्यक्ति थिए । उनले त्यतिबेला अघि सारेका समाजवादको मुल सिद्धान्त खासमा मनगढन्ते सिद्धान्त थिएनन् भन्नेहरु पनि छन् । ती सिद्धान्तहरु…

जापानिज शिक्षण सिकाईबाट प्रभावित ‘म’

शिक्षकले शिक्षणको माध्यमबाट सिक्ने ,  सिकाउने , बन्ने र बनाउने निरन्तर कर्म गर्दै विद्यार्थीलाई कक्षाकोठाको सानो झ्यालबाट सारा संसार देखाइरहेका हुन्छन् । एक असल विद्यार्थी , असल समाज…

राष्ट्रिय बालदिवस र आजका हाम्रा बालबालिका

युवराज खनाल/ वि.सं. २०२१ सालको भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बालदिवसू २०६३ सालमा आएर भाद्र २९ गते मनाउन सुरु गरियो । इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवसमा…

संविधान दिवस सरकार र राजनीतिक दलहरु

युवराज खनाल/  दुईतिहाइको सरकार गठन भएको यत्तिका बर्ष बितिसक्दा पनि आमनागरिकहरूले सरकार परिवर्तन र कुनै बिकासको नयाँ अनुभव गर्न सकिरहेका छैनन् । संविधानमा भएका प्रावधानहरू पारित हुने क्रम…