0Shares

काठमाडौँ, ३ माघ । नेपाली काँग्रेसले के.पी. शर्मा ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद, कुशासन र भ्रष्टाचार विरुद्ध आज देशव्यापी रूपमा भएको शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको भावना अभिब्यक्त गरेको जनाएको छ । साथै पार्टीको आयोजनामा देशभरका ७५३ पालिकाहरुमा आज भएको विरोध प्रदर्शनमा व्यापक सहभागि हुनुभएका सबैप्रति आभार व्यक्त गरेको छ ।

गाउँ÷नगर कार्यसमितिका साथीहरूसंगै प्रदर्शन सफल बनाउन निरन्तर खट्नु हुने पार्टीको सबै तहका आदरणीय साथीहरू, भातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरुमा सभापति शेरबहादुर देउवाले बधाई ज्ञापन गर्नुभएको छ । “पुस १३ र पुस २५ को प्रदर्शनमाझैं आजको प्रदर्शनमा पनि सामाजिक संजाल मार्फत स्वतस्फूर्त रुपमा सकृय भूमिका निर्वाह गर्ने युवाहरुलाई विशेष बधाई ज्ञापन गर्दछु”, देउवाले भन्नुभएको छ ।

पूर्व घोषणा अनुरुप माघ ८ गते ७५३ पालिकाहरुका ६,७४३ वडामा हुने विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन समेत सभापति देउवाले अपिल गर्नुभएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected