२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
प्रशासन

यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी घुस सहित अख्तियार द्धारा पक्राउ

यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी घुस सहित अख्तियारद्धारा पक्राउमा परेका छन्  |

पक्राउ पर्नेमा  कार्यालय सहयोगी भोगेन्द्र कापर र जनकपुर उपमहानगरपालिका-१० बस्ने बिचौलिया रामकिशोर भगत रहेका छन्  |

उनिहरुले  जनकपुरधाममा भैरहेको “स्काभेटर र लोडर” को सवारी चालक अनुमती पत्र  वितरण गर्ने क्रममा सञ्चालित अन्तिम परिक्षाका परिक्षार्थीबाट अतिरिक्त रकम उठाइएको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले  कोठामा खानतलासी गर्दा रु २,२३,८५०।- फेला पारेका थिए ।

परीक्षार्थीहरुको पैसा बुझाउन ल्याएको भनिएका जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका, वडा नं. १० बस्ने बिचौलिया राज किशोर भगतको साथबाट समेत परीक्षार्थीहरुको नाम र दर्ता नं. भएको कागजात सहित रु ५०,०००।– गरी निजहरु भोगेन्द्र कापर र राज किशोर भगतबाट जम्मा रु २,७३,८५०।– (दुई लाख त्रीहत्तर हजार आठ सय पचास रुपैयाँ) बरामद भएकोले निजहरु दुबैलाई उक्त रकमसहित मिति २०७७।१०।१३ गते यातायात व्यवस्था कार्यालय, जनकपुरधामको कार्यालय परिसरबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताउनु भयो ।

Read more

मुलुकी देवानी संहिता २०७४ को दफा २१४(२) खारेज: अर्को विवाह गर्ने विधवा महिलाले पूर्वपतिबाट प्राप्त सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं । मुलुकी देवानी संहिता २०७४ को दफा २१४)२) खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार उक्त दफा खारेज गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट…

निजामती कर्मचारीको ट्रेड युनियन खारेज

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै निजामती कर्मचारीहरूको ट्रेड युनियन औपचारिक रूपमा खारेज गरिएको छ। संघीय मामिला तथा…

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौँ। राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशमा पुनर्विचार आवश्यक देखिएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको…

कास्कीमा पहिलोपटक सार्वजनिक सेवाको ‘होम डेलिभरी’ सुरु: अन्नपूर्ण गाउँपालिकाबाट राहदानी घरमै वितरण

अन्नपूर्ण, कास्की — कास्की जिल्लामा पहिलोपटक सार्वजनिक सेवाको ‘होम डेलिभरी’ प्रणाली सुरु गरिएको छ। नागरिकलाई सरकारी सेवा सहज र पहुँचयोग्य बनाउने उद्देश्यसहित अन्नपूर्ण गाउँपालिकाबाट राहदानी (पासपोर्ट) घरमै पुर्‍याउने…

भदौ २३–२४ घटनाबारे कार्की आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

गोली चलाउनेदेखि दमनमा संलग्न सबैमाथि कारबाही सिफारिस काठमाडौँ। भदौ २३ र २४ गते भएका जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो अन्तिम प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ।…

प्रधानमन्त्री कार्कीले बोलाएको सर्वदलीय बैठकमा निर्वाचन, सुरक्षा र संविधानको चर्को बहस

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाज सहभागी सर्वपक्षीय बैठकमा प्रतिनिधि सभा निर्वाचनको मिति, शान्ति–सुरक्षा अवस्था र समानुपातिक बन्दसूचीको…