२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबर

चुनावमा जान कांग्रेस किन पछि हट्ने ?, नयाँ जनादेश मुलुकको आवश्यकत्ता हो : शंकर भण्डारी

काठमाडाँै, २० माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता शंकर भण्डारीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्दै यस सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला÷निर्णय आफूहरुलाई स्विकार्य हुने स्पष्ट पारेका छन् । रिपोटर्स क्लब नेपालले आज राजधानीमा गरेको साक्षात्कार कार्यक्रममा उनले भने–‘हाम्रो पार्टी लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो । अदालतको फैसला सर्वमान्य हुन्छ । हाम्रो पार्टीको पदाधिकारीको बैठकले संसद् विघटनको सन्दर्भमा यो कदम गैरसंवैधानिक र अलोकतान्त्रिक छ भनेर स्पष्ट रुपमा भनिसकेको छ । अहिले केन्द्रीय कमिटीको बैठक जारी छ ।’
उनले नेकपाले जनमतको अपमान गरेको पनि आरोप लगाए । उनले भने,‘नेकपाले सरकार चलाउन सक्दैन् भन्ने कुरा पुष्टि भयो । नेकपा सरकार सञ्चालनमा असफल भयो । सरकारले देश र जनताको पक्षमा काम गर्न सकेन् । जनताको मतप्रति बेइमानी र धोका गर्यो । आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त भयो । बास्तवमा यो सरकार त संस्थागत् रुपमा भ्रष्टाचार गर्दै थियो । संवैधानिक निकायलाई अघोषित रुपमा कब्जामा लिएर, प्रशासनिक निकाय र सुरक्षा निकायलाई पनि प्रभावमा पार्ने काम भएको थियो । सरकारले सर्वसत्तावाद चरित्र देखायो । त्यसको परिणति आज देशले मध्यावधि निर्वाचनको सामना गर्नुपर्ने अवस्था छ ।’
अब सरकारले चुनावको मिति नै घोषणा गरिसकेको छ, तपाईँहरु चुनावमा जाने कि नजाने ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने–‘चुनावमा जान कांग्रेस किन पछि हट्ने ? नेपालमा कम्युनिष्टहरुले सरकार चलाउन सकेनन् । जनताको मतलाई कदर गरेनन् । देशलाई स्थायित्वतर्फ अघि बढाउने र विकास र समृद्धिको लागि काम गर्ने यो सरकारसँग ठूलो अवसर थियो । तर, कम्युनिष्टले समय खेर फाले । आन्तरिक कलह देखाएर, आज देशलाई कुन अवस्थामा पुर्याए ? कोरोनाको कारणले आज देश कुन अवस्थामा पुगेको छ ? न संवैधानिक निकायको कुनै सम्मान नै छ, नाम कम्युनिष्ट ।’
भण्डारीले अहिले नयाँ जनादेशमा जाने कुरा मुलुकको आवश्यकत्ता भएको दाबी गरे । उनले भने,‘नयाँ जनादेश मुलुकको आवश्यकत्ता हो, संसद् विघटनको मुद्दा अदालतमा पुगेको छ । हामी अदालतको फैसलालाई सम्मान गर्छौं ।’ अबको कांग्रेसको चुनावी एजेण्डा हिन्दूराष्ट्र पूनःस्थापना हो भनेर सोधिएको अर्को प्रश्नमा भण्डारीले भने–‘हिन्दूराष्ट्रको विषयमा कांग्रेसमा अत्यन्तै गहन रुपमा छलफल भएको छ। यसअघि काठमाडौंमा सम्पन्न महासमितिको बैठकमा बहुमत सदस्यहरुले कांग्रेसले मूल एजेण्डाको रुपमा सनातन हिन्दूराष्ट्र बनाउनुपर्छ भनेर हस्ताक्षर गरेका थिए, यो विषय महाधिवेशनको मूल विषय बन्नेछ ।’

Read more

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…