२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबरदेशमुख्य खबरव्यक्ति विशेषशिक्षास्थानिय समाचार

इशु बस्नेतसहित राससकर्मीका सन्तति सम्मानित ः पत्रकार महासंघ प्रतिष्ठानको साधारणसभा

काठमाडाँै, २० माघ । नेपाल पत्रकार महासङ्घ राष्ट्रिय समाचार समिति (रासस) प्रतिष्ठान शाखाको वार्षिक साधारणसभाको अवसरमा संस्थामा कार्यरत पत्रकार एवं कर्मचारीका यस वर्ष माध्यमिक शिक्षा परीक्षा(एसइई) उत्तीर्ण सन्ततिलाई आज सम्मान गरिएको छ । सम्मानित हुनेमा कार्यकारी सम्पादक मनोज कार्कीका छोरा रणवीर कार्की, कार्यकारी सम्पादक सूुर्यचन्द्र बस्नेतकी छोरी इशुु बस्नेत, उपसमाचारदाता राजकुुमार पराजुुलीकी छोरी निर्जला पराजुली र कम्प्युुटर अपरेटर पूूर्णबहादुर कार्कीकी छोरी ब्रेन्जुु कार्की हुनुुहुुन्छ । शाखाले केही वर्षदेखि प्रत्येक बर्ष असार १५ का दिन सन्तति सम्मानलगायत रचनात्मक कार्यक्रम गर्दै आएकामा यस वर्ष कोरोनाका कारण सम्मान कार्यक्रम आज आयोजना गरिएको हो ।

राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा र नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव प्रकाश थापाले उहाँहरुलाई समारोहमा टीका, माला र प्रशंसापत्रद्वारा सम्मान गर्नुुभएको थियो । सो अवसरमा महाप्रबन्धक शर्माले महासङ्घ रासस शाखाले गर्ने रचनात्मक कार्यले संस्थाको सुदृढीकरणमा योगदान पुगेको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई सुझाव दिँदै भन्नुुभयो, “मुलुुकका विभिन्न विधाको नेतृत्वको सम्भावना बोकेका तपाईँ एसइई उत्तीर्ण विद्यार्थीलाई शाखाले भविष्यमा पनि अझ राम्रो नतिजा हासिल गर्न उत्साह प्रदान गरेको छ, तपाईँहरुले देश र समाजलाई सही बाटोमा हिँडाउन र दत्तचित्त भई अध्ययनमा विशेष ध्यान पुु¥याउनुुहुुनेछ ।”

महासङ्घका सचिव थापाले लोकतन्त्र र प्रजातन्त्रका लागि अग्रपङ्क्तिमा रही योगदान पुु¥याएका पत्रकार अहिले ठूूलो सङ्ख्यामा कोभिड–१९ पछि उत्पन्न परिस्थितिका कारण बेरोजगार भई अप्ठेरो परिस्थितिसँग जुुध्न परिरहेको हुुुँदा तिनको हकहितका लागि महासङ्घले विभिन्न पहल गरिरहेको जानकारी दिनुभयो । शाखाका अध्यक्ष नारायणप्रसाद घिमिरेले आफ्नो नेतृत्वकालमा हालसम्म शाखाबाट प्रदान गरिएको पुुरस्कार, सम्मान र अन्य रचनात्मक कार्यक्रमबारे जानकारी गराउनुुभयो । सभाले सचिवका तर्फबाट अध्यक्ष घिमिरे र कोषाध्यक्ष नारायणप्रसाद न्यौपानेबाट प्रस्तुुत आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित ग¥यो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…