
0Shares
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार कार्यालयका कर्मचारीलाई छुटाईदिने भन्दै ११ लाख घुस लिने महिला प्रहरी हवल्दारसहित २ जनालाई रंगेहात पक्राउ गरेको छ।
अख्तियारबाट खटिएको स्टिङ अप्रेशनको टोलीले आईतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय बिमास्थल भन्सार कार्यालयको गेटबाट महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हबल्दार तारा कुमारी श्रेष्ठ र उनका सहयोगी अनिश जोशीलाई रकम लिँदा लिँदै पक्राउ गरेको हो ।
सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार पक्राउ परेका दुबैजनालाई अख्तियारको हिरासत कक्षमा राखेर थप अनुसन्धान थालिएको छ ।
0Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















