
0Shares
- बेइजिङ, ५ चैत ।ः रुसका विदेशमन्त्री सर्गेई लाभरोभले आगामी मार्च २२ र २३ तारिखमा चीनको भ्रमण गर्नु हुने भएको छ ।
चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा रुसी विदेशमन्त्री लाभरोभ चीन आउन लाग्नुभएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीबार घोषणा गर्नुभएको हो ।
पछिल्लो समय रुस र चीनबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको छ । कतिपय विश्व मामिलामा राष्ट्रसङ्घमार्फत रुस र चीनले समान धारणा अघि सार्ने गरेका छन् ।
0Shares





© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















