२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
अर्थ र वाणिज्यफिचर समाचार

सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिकलाई एक लाख कोरोना उपचार खर्च

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका श्रमिकलाई कोरोना भएमा एक लाख रुपियाँसम्मको उपचार खर्च कोषले बेहोर्ने व्यवस्था गरेको छ । यसका लागि योगदानकर्ताले कोषमा कम्तीमा पनि तीन महिना योगदान गरेको हुनुपर्नेछ । कोषले यसअघि स्वास्थ्य उपचारका लागि गरेको व्यवस्थाअनुरूप कोषमा सूचीकृत भएका श्रमिकलाई उक्त सेवा पाउने व्यवस्था गरेको हो ।
कोषका अनुसार अस्पताल भर्ना भएर उपचार गर्न परेको खण्डमा एक वर्षमा एक लाख रुपियाँ पाउनेछन् भने कोरोना भएर घरमै उपचार गरेकाको हकमा भने २५ हजार रुपियाँसम्म उपचारबापत रकम दाबी गर्नसक्ने व्यवस्था छ ।
कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले कोषको यसअघिका योजनामा पर्ने सबै सेवासुविधा कोषमा सूचीकृत भएका कोरोना सङ्क्रमितले पनि पाउने जानकारी दिनुभयो । सूचीकृत श्रमिकको कोरोनाले मृत्यु भएमा मृतकका आश्रित परिवारले सुविधा पाउने पनि उहाँले जानकारी दिनुभयो । योगदानकर्ताले बिरामी हुँदा औषधोपचार र स्वास्थ्य सुरक्षा योजनाअन्तर्गतका सुविधा पाउने भन्दै कार्यकारी निर्देशक ज्ञवालीले भन्नुभयो, “मृत्यु भएमा आश्रित परिवार सुविधा योजनाअन्तर्गतको सुविधा आश्रित परिवारले पाउनुहुनेछ । ”
कोषका अनुसार हालसम्म सूचीकृत श्रमिकको कोरोनाका कारण निधन भएको छैन । सङ्क्रमण भएकाले भने उपचार खर्चबापतको रकम पाइरहेका छन् ।
कोरोनाका कारण कोषमा आबद्ध श्रमिकको मृत्यु भएमा अन्य रोगबाट जस्तै खाइपाई आएको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम आश्रित परिवार (श्रीमान् वा श्रीमती)लाई आजीवन निवृत्तिभरण दिइनेछ । छोराछोरीको हकमा भने उनीहरू १८ वर्ष पूरा नभएसम्म मृतकको आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक शैक्षिकवृत्तिका रूपमा दिने व्यवस्था गरेको छ । एकभन्दा बढी सन्तान भएमा सोही रकम दामासाहीले पाउने व्यवस्था गरिएको छ ।
कोषका अनुसार यदि कुनै सन्तान निरन्तर अध्ययनरत रहे कोषले त्यस्तो सुविधा २१ वर्ष पूरा नभएसम्म प्रदान गर्नेछ । शारीरिक तथा मानसिक अशक्तता भएका मृतक योगदानकर्ताका सन्तानका हकमा भने उमेर हद लागू हुनेछैन । यस्तो अवस्थाका जुनसुकै उमेरका छोराछोरीले शैक्षिकवृत्तिबापत रकम पाउनेछन् ।
मृतक योगदानकर्ता अविवाहित भए उसमा आश्रित आमाबुबालाई आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम जीवनकालभर मासिक रूपमा प्रदान गरिनेछ । आमाबुबाको वैकल्पिक रोजगार रहेको वा अन्यत्रबाट माथि उल्लेखितभन्दा बढी सुविधा पाउने भए यो सुविधा दिइने छैन । त्यस्तै मृतकका हकवालाले अन्तिम संस्कार खर्चबापत २५ हजार रुपियाँ पाउने व्यवस्था छ । हकवालाले यस्तो रकम एकमुष्ट पाउनेछन् ।
सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ (दोस्रो संशोधन)मा कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा उहाँको हकवालालाई कोषमा गरेको योगदान, रोजगारदाताको तर्फबाट भएको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ट दिइने उल्लेख गरिएको छ ।
हाल सामाजिक सुरक्षा कोषमा १३ हजार ७९७ रोजगारदाता र दुई लाख ९९६ श्रमिक सूचीकृत छन् । जसमा कोरोना र अन्य रोगको औषधि उपचार तथा स्वास्थ्यतर्फ सूचीकृतमध्ये दुई हजार दुई हजार ५२४ ले दाबी गरेमा एक हजार ५७६ श्रमिकलाई ३२ करोड ३१ हजार ३२१ रुपियाँ भुक्तानी गरिसकेको कोषले जनाएको छ ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…