२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
देश

स्थानीय तहकै सक्रियतामा अक्सिजन प्लान्ट

काठमाडौँ, । काठमाडौँ उपत्यकाका नगरपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्न थालेका छन् । अक्सिजनको अभावमा उपत्यकामा कोरोना सङ्क्रमितको मृत्यु हुन थालेपछि उपत्यकाका नगरपालिकाले अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गर्न थालेका हुन् ।
कतिपय नगरपालिकाले नगरपालिकाभित्र भएका ठूला अस्पतालसँग सहकार्यमा र कतिपयले आफ्नै नगरस्तरीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सुरु गरिसकेका छन् । अहिलेसम्म काठमाडौँ महानगरपालिका र मध्यपुर थिमी नगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन उत्पादन गर्ने कार्य सुरु गरिसकेका छन् । काठमाडौँको कागेश्वरी मनोहरा र टोखा नगरपालिका, भक्तपुरको सूर्यविनायक नगरपालिका र ललितपुर महानगरपालिकाले केही दिनभित्रै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने तयारी गरेका छन् ।
काठमाडौँ महानगरपालिकाले सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गरिसकेको छ । महानगरको दुई करोड ७५ लाख रुपियाँ लागतमा यो अक्सिजन प्लान्ट निर्माण गरिएको हो । यो अक्सिजन प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिने महानगरले जनाएको छ ।
ललितपुर महानगरपालिकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी अक्सिजन प्लान्ट स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि महानगरले सो अस्पताललाई एक करोड रुपियाँ दिएको छ ।
महानगर प्रमुख चिरीबाबु महर्जनले कोरोना सङ्क्रमितको उपचारलाई ध्यानमा राखेर महानगरले पाटन अस्पतालसँग सहकार्य गरेर अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।
मध्यपुर थिमी नगरपालिकाको लगानीमा नेपाल–कोरिया मैत्री नगर अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिएको छ । शुक्रबारदेखि सञ्चालनमा आएको यो प्लान्टले प्रतिघण्टा आठ हजार लिटर अक्सिजन उत्पादन गर्छ । २४ घण्टा सञ्चालन गर्दा यो प्लान्टले एक लाख ९२ हजार लिटर अक्सिजन उत्पादन गर्नसक्छ । मध्यपुर थिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले भन्नुभयो, “अस्पतालको माग त पूरा हुँदैन तर राहत भने भएको छ ।”
दैनिक ९० सिलिन्डर अक्सिजन खरिद गरिरहेको यो अस्पतालले अहिले ३० सिलिन्डर मात्र खरिद गरे पुग्ने भएको अस्पतालले जनाएको छ । यो अस्पतालले अहिले ४२ वटा शøया सञ्चालन गरी कोरोनाका बिरामीको उपचार गर्दै आएको छ ।
यता कागेश्वरी मनोहरा नगरपालिकाले सञ्चालन गरेको मूलपानी नगर अस्पतालमा तीन करोड रुपियाँको लगातमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरी प्रक्रिया अगाडि बढाएको छ । नगरपालिकाका प्रमुख कृष्णहरि थापाले यो अस्पतालमा छ शøयाको आईसीयू, दुई श-याको भेन्टिलेटर र ५० प्वाइन्टको पाइपलाइनसहितको अक्सिजन प्लान्ट जडान गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अक्सिजन प्लान्ट जडानका लागि आवश्यक उपकरण तत्काल खरिद गर्ने प्रक्रिया अगाडि बढाइसकेका छौँ । अब ढिलो गर्नु हुँदैन ।”
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा चण्डेश्वरीको प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न बागमती प्रदेश सरकारलाई आग्रह गरेको जानकारी दिनुभयो । अक्सिजन प्लान्ट राख्नका लागि बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरिसकिएको र केही दिनमा अक्सिजन प्लान्टका लागि प्रक्रिया अगाडि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । अस्पतालमा अहिले १५ श-या भए पनि असिक्जनको सिलिन्डर थप गरी सेवा विस्तार गर्दै जाने योजना नगरपालिकाले बनाएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाले अबको दुई साताभित्र अक्सिजन प्लान्ट गर्ने गरी कामअगाडि बढाइरहेको छ । नगरपालिका प्रमुख वासुदेव थापाले अक्सिजन प्लान्टसहितको दस शøयाको आईसीयू, १५ श-याको हाइकेयर डिपेन्डेन्सी युनिट (एचडीयू), दुई शøयाको भेन्टिलेटर र २३ श-याको जनरल वार्ड सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो । सो नगरपालिकाको वडा नं. ८ स्थित जगातीमा निर्माणाधीन नगर अस्पतालमा अक्सिजन प्लान्टसहितको पूर्वाधार निर्माण गरिने नगरपालिकाले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशन भएको छ।

Read more

मुलुकी देवानी संहिता २०७४ को दफा २१४(२) खारेज: अर्को विवाह गर्ने विधवा महिलाले पूर्वपतिबाट प्राप्त सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं । मुलुकी देवानी संहिता २०७४ को दफा २१४)२) खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार उक्त दफा खारेज गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट…

निजामती कर्मचारीको ट्रेड युनियन खारेज

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै निजामती कर्मचारीहरूको ट्रेड युनियन औपचारिक रूपमा खारेज गरिएको छ। संघीय मामिला तथा…

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौँ। राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशमा पुनर्विचार आवश्यक देखिएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको…

राष्ट्रपतिले जारी गरे सहकारी अध्यादेश

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले  एउटा अध्यादेश जारी गरेका छन्। सरकारले ६ वटा अध्यादेश स्वीकृति गर्न सिफारिस गरे पनि एउटा अध्यादेश जारी भएको हो। जसमध्ये सहकारी पहिलो संशोधन अध्यादेश…

विवाद चर्किएपछि गृहमन्त्री सुधन गुरुङको राजीनामा, मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा

काठमाडौं — पछिल्लो समय गम्भीर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन्। विभिन्न आर्थिक अनियमितता र विवादित साझेदारीका आरोपबीच उनले बुधबार प्रधानमन्त्री बालेन शाह…

सदस्यता ‘खारेज’ विवादले कांग्रेसभित्र टकराव-लहडको निर्णय अस्वीकार्य-खड्का

काठमाडौं । नेपाली कांग्रेसभित्र चर्किएको आन्तरिक द्वन्द्व फेरि सतहमा आएको छ। संस्थापनइतर समूहले पार्टी सदस्यता कुनै नेताको व्यक्तिगत आवेग वा भाषणको भरमा खारेज गर्न नसकिने स्पष्ट सन्देश दिएको…