0Shares

काठमाडौँ, ११ जेठ \ पछिल्लो २४ घन्टामा आठ हजार ६३६ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २२ हजार ३०६ पिसिआर र ६३० एन्टिजिन परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ ।

कुल सङ्क्रमितको सङ्ख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । देशभर कोरोनाको सक्रिय सङ्क्रमितको सङख्या एक लाख १७ हजार २६१ पुगेको छ । आज छ हजार ४०४ जना सङ्क्रमण मुक्त भएका छन् । निको हुनेको सङ्ख्या चार लाख ४ हजार ८८७ पुगेको छ । सङ्क्रमणबाट आज १६९ को०  ज्यान गएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected