२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
देशफिचर समाचारमुख्य खबर

बिपी अध्ययन तथा अनुसन्धान केन्द्र’को भवन शिलान्यास

काठमाडौँ, १६ असार \ जननायक बिपी कोइराला मेमोरियल ट्रष्टका अग्रसरतामा काठमाडौँको विशालनगर हाँडीगाउँमा ‘बिपी अध्ययन तथा अनुसन्धान केन्द्र’ निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वाग्मती प्रदेश सरकार र काठमाडौँ महानगरपालिकाका सहयोगमा रु नौ करोड लागतमा बन्ने अनुसन्धान केन्द्रको कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज शिलान्यास गर्नुभयो । सो अवसरमा सभापति देउवाले पार्टीका संस्थापक नेता बिपीबारे अनुसन्धान गर्ने स्थान निर्माणपछि अनुसन्धानका लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“बिपीबारे अनुसन्धान गर्ने केन्द्र गिरिजाबाबु, सुशील कोइराला र आफू प्रधानमन्त्री हुँदा बनाउन चाहे पनि विभिन्न समस्याले गर्दा बनाउन सकिएन”, उहाँले भन्नुभयो । सभापति देउवाले बिपीजस्तो महान् राष्ट्रवादी राजनीतिज्ञको योगदानको कदर गर्दै केन्द्र स्थापनामा ट्रष्टले गरेको अगुवाइको उच्च मूल्याङ्कन गर्नुभयो ।

पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले बिपी अन्तर्राष्ट्रिय व्यक्तित्व भएको बताउनुभयो । “भर्खरै निर्माण हुन लागेको केन्द्र देशभित्र व्यक्ति मात्र नभएर विदेशी व्यक्तिका लागि पनि अध्ययन केन्द्र बन्नेछ”, उहाँले भन्नुभयो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बिपी जस्तो आदर्शपुरुषबारे अध्ययन तथा अनुसन्धान गर्ने केन्द्र आफू प्रमुख हुँदा बनाउन पाएकामा गौरवान्वित भएको बताउनुभयो । निर्माण हुन लागेको रिसर्च सेन्टरलाई महानगरपालिकाले आफ्नो महत्वपूर्णमध्येको एक कार्य ठानेको उहाँले बताउनुभयो । आगामी दिनमा पनि महानगरपालिकाले यस्ता कार्यलाई सहयोग गर्ने उहाँको भनाइ थियो । ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले केन्द्र स्थापनासँगै विद्यार्थीलाई बिपीको राजनीतिक, साहित्यिक पक्षबारे खोज,अनुसन्धान तथा विद्यावारिधिमा सहयोग पुग्ने बताउनुभयो । बिपी नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्रीसमेत हुनुहुन्थ्यो । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त केन्द्रको स्थापनाका लागि चालु आवमा संस्कृति मन्त्रालयले रु ५० लाख र कामपाले रु दुई करोड बजेट विनियोजन गरेको ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले राससलाई जानकारी दिनुभयो । नयाँ बन्ने साततले भवनको निर्माणको सम्पूर्ण जिम्मेवारी कामपाले लिएको छ ।

Read more

भदौ १० : त्रिशूलीको भेलसँगै बगेको एउटा दिन

२४ घण्टाको छटपटी, जन्मभूमि फर्किने हुटहुटी र विपत्तिमा जागेको मानवता — अनुज कुमार श्रेष्ठ, सामाजिक अभियन्ता / लायन्स अभियानमा आबद्ध भदौ १० को बिहान म पोखरामा थिएँ। कार्यक्रमको…

मुलुकी देवानी संहिता २०७४ को दफा २१४(२) खारेज: अर्को विवाह गर्ने विधवा महिलाले पूर्वपतिबाट प्राप्त सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौं । मुलुकी देवानी संहिता २०७४ को दफा २१४)२) खारेज गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार उक्त दफा खारेज गरिदिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट…

निजामती कर्मचारीको ट्रेड युनियन खारेज

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल ले आइतबार ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै निजामती कर्मचारीहरूको ट्रेड युनियन औपचारिक रूपमा खारेज गरिएको छ। संघीय मामिला तथा…

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौँ। राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त अध्यादेशमा पुनर्विचार आवश्यक देखिएकाले फिर्ता पठाएको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको…

राष्ट्रपतिले जारी गरे सहकारी अध्यादेश

काठमाडौं।  राष्ट्रपति रामचन्द्र पौडेलले  एउटा अध्यादेश जारी गरेका छन्। सरकारले ६ वटा अध्यादेश स्वीकृति गर्न सिफारिस गरे पनि एउटा अध्यादेश जारी भएको हो। जसमध्ये सहकारी पहिलो संशोधन अध्यादेश…

विवाद चर्किएपछि गृहमन्त्री सुधन गुरुङको राजीनामा, मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा

काठमाडौं — पछिल्लो समय गम्भीर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन्। विभिन्न आर्थिक अनियमितता र विवादित साझेदारीका आरोपबीच उनले बुधबार प्रधानमन्त्री बालेन शाह…